२७ कार्तिक २०८३, शुक्रबार

त्रिशूली नदीमा बस खस्दा १९ जनाको मृत्यु

33.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Trisuli-bus-accident-1

चितवन, १० भदौ । रौतहटको गौरबाट पोखरा जाँदै गरेको रात्रिबस आज बिहान ४ः४५ मा नारायणगढ–मुग्लिन सडक खण्डको कालीखोला नजिकैबाट त्रिशूली नदीमा खस्दा १९ जनाको घटनास्थलमा नै मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरका अनुसार ६ जना घाइतेको उद्धार भइसकेको छ भने ६ जनाको उद्धार हुने क्रम जारी छ ।

मुग्लिनबाट साढे दुई किलोमिटर नारायणगढतर्फ ग १ ख ३७०९ नंको सो बस त्रिशूलीमा खसेको हो । रासस