१ कार्तिक २०८३, शनिबार

अवैतनिक महावाणिज्य दूतको तर्फबाट समबेदना

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

prem-raja-mahat-3-800x600– विजय थापा

वाशिंगटन डिसी । अमेरिका मेरिल्याड तथा पेन्सेलभेनियाका लागि नेपाल सरकारका महावाणिज्यदूत तथा वरिष्ठ लोक गायक प्रेमराजा महतले प्रसिद्ध गायक खेमराज गूरूगको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गर्दै समवेदना प्रकट गरेका छन् ।

४२ वर्षको अल्प आयुमा सदाको लागि हामी सबैलाई छोडेर गएका वारी जमुना पारी पारि जमुना गीतबाट शिखरमा पुगेका गायक खेम राज गुरुङको दुखद समाचारले आश्चर्यमा परेको बताएका छन् ।

आफू पनि लोक गायक भएकोले नेपालमा ५–६ वर्ष अगाडि भेटेको सम्झदै एउटा होनहार कलाकारले यतो चाडो संसार त्याग्दा आफूलाई दुःख लागेको उनले बताए ।

आगामी दिनमा गुरुङका बाबुआमा तथा छोराछोरीलाई समेत भेट्ने इच्छा प्रकट गर्दै यस दुखद घडीमा शोक सन्तप्त परिवारप्रति धैर्य धारण गर्ने शक्ति प्रदान गरुन भन्ने संदेश दिन चाहेको बताए ।