१ कार्तिक २०८३, आइतबार

‘वारि जमुना पारी जमुना’का गायक खेमराज गुरुङको निधन

3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Lhemraj-gurung

काठमाडौं, ९ भदौ । कलेजोमा समस्या भएपछि चावहिलस्थित मेडिकेयर अस्पतालमा उपचाररत लोकगायक खेमराज गुरुङको बिहीबार दिउँसो निधन भएको छ ।

‘वारि जमुना, पारी जमुना’ गीतबाट चर्चामा आएका गुरुङ लामो समयदेखि गीत संगीतमा सक्रिय थिए । सखुवासभामा जन्मेका गुरुङका एक दर्जन एल्बम बजारमा पाइन्छ ।

गुरुङकै जिल्लाबासी लोक गायक कमलीकान्त भेटवालले आफूहरुले एक जना होनहार संगीत साधकलाई गुमाएको प्रतिक्रिया दिए ।