काठमाडौं, ९ भदौ । रामचन्द्र पौडेल समूहबाट ५ जनालाई मन्त्री बनाउन सभापति शेरबहादुर देउवा तयार भएपछि सत्ता साझेदार दल नेपाली कांग्रेसमा मन्त्री विवाद टुंगिएको छ ।
विहीबार बिहान पार्टी सभापति निवास बुढानिलकण्ठमा बसेको बैठकले संस्थापन पक्षबाट ८ र पौडेल पक्षबाट ५ जनालाई मन्त्री बनाउने टुंगो लगाएपछि विवाद समाधान भएको केन्द्रिय सदस्य नविन्द्रराज जोशीले जानकारी दिए ।
उनका अनुसार संस्थापन र पौडेल पक्षबाट मन्त्रीको संख्या टुंगो लागेपनि कसलाई कुन मन्त्रालय दिने भन्ने बिषय टुंगो लागेको छैन ।
पार्टीको आन्तरिक विवादका कारण कांग्रेसले मन्त्री छान्न नसकेपछि बुधबार गर्ने भनिएको मन्त्रिपरिषद्को विस्तार पनि रोकिएको थियो । अब शुक्रबार मन्त्रिपरिषद् विस्तार हुने नेताहरुले बताएका छन् ।
















प्रतिक्रिया