२७ कार्तिक २०८३, शुक्रबार

एमाले अध्यक्ष ओली आज बैंकक जाँदै, साथमा पत्नी राधिका पनि

2.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kp Oli Radhika Shakyaकाठमाडौं, ९ भदौ । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओली नियमित स्वास्थ्य परीक्षणका लागि आज थाइल्याण्डको राजधानी बैंकक जानुहुने भएको छ ।

अध्यक्ष ओली अपराह्न १ बजे थाई एयरवेजको विमानमार्फत श्रीमती राधिका शाक्य र भतिजा राजेश बज्राचार्यसहित बैंकक जानुहुने उहाँका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो । अध्यक्ष ओली स्वास्थ्य परीक्षणका क्रममा करिब १५ दिन बैंककमै रहनुहुने बताइएको छ ।

एमाले पार्टी कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठका अनुसार बैंककमा उपचारपछि अध्यक्ष ओली आफ्नो चार दिने भ्रमणको सिलसिलामा इन्डोनेसिया जानुहुनेछ ।