काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय समिति महिला बिभागले तीज विशेष कार्यक्रम आयोजना गरेको छ ।
राष्ट्रियस्तरका कलाकारहरूलाई भेला गरेर बुधबार महिला विभागले तीजको दर खाने कार्यक्रम सम्पन्न गरेको हो । गायक एवम् राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष चन्द्र शर्माले जानकारी दिए । शर्माले हिन्दू नारीहरूको सबैभन्दा ठूलो राष्ट्रिय पर्व तीजका अवसरमा शुभकामना पनि दिएका छन् ।
‘हिन्दू महिला दिदी बहिनीहरूले विशेष महत्वका साथ मनाउने तीज पर्वका असरमा सबैलाई शुभकामना छ’, गायक शर्माले भने, ‘हाम्रो धर्मसंस्कृतिले एकअर्कालाई जोडेर राखेको छ ।’
दर खाने कार्यक्रममा सहभागी वरिष्ठ गायिका बीमाकुमारी दुराले पनि हिन्दू नारीहरूलाई शुभकामना दिएकी छिन् । उनले नेपालीहरूको संस्कृतिलाई जोगाइ राख्न सबैले ध्यान दिनुपर्ने बताइन् ।
तीजको दर खाने कार्यक्रममा वरिष्ठ लोक तथा दोहोरी गायक गायिकाहरूका साथै गीत संगीतमा लागेका कलाकालरहरूको उल्लेख्य सहभागिता रहेको थियो । सबैलाई दर खुवाएर पठाएको आयोजक महिला विभागले जनाएको छ ।















प्रतिक्रिया