२७ कार्तिक २०८३, शुक्रबार

एमाले अध्यक्ष ओली किन जाँदैछन् थाइल्याण्ड ?

13.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kp-oli

काठमाडौं, ८ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली विहीबार (भोलि) थाइल्याण्डको राजधानी बैंकक जाने भएका छन् ।

स्वकीय सचिव रमेश आचार्यले अध्यक्ष ओली नियमित स्वास्थ्य परीक्षणका लागि बिहीबार दिउँसो साढे १ बजे थाइ एअरमार्फत बैंककतर्फ प्रस्थान गर्ने जानकारी दिए ।

१० महिने सरकार सञ्चालन, सरकारको समीक्षा, पार्टीको अन्य कार्यविभाजन लगायतका कारण लामो समयदेखि नियमित स्वास्थ्य परीक्षण नगराएका ओली १२ दिनका लागि बिहीबार थाइल्याण्ड जान लागेका हुन् । उनले बैंककको बर्मन ग्राथ हस्पिटलमा स्वास्थ्य परीक्षण गर्नेछन् ।

स्वास्थ्य परीक्षणपछि ओलीले थाइल्याण्डका पर्यटकीय क्षेत्रहरुको भ्रमण तथा इण्डोनेसियाको पर्यटकीय क्षेत्रहरुको अवलोकन गर्ने कार्यक्रम छ ।

ओलीको साथमा पत्नी राधिका शाक्य, राजनीतिक सल्लाहकार विष्णु रिमाल र स्वकीय सचिव राजेश बज्राचार्य पनि बैंकक जाने तय भएको छ । अध्यक्ष ओली भदौ २० गते स्वदेश फर्किने स्वकीय सचिव आचार्यले बताए ।