३० आश्विन २०८३, शुक्रबार

फेसबुक पासवर्डले गरायो डिभोर्स !

4.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sargam-bhattrai-1लघुकथा:

@  धितो @

सृजन र सिर्जनाको तीन बर्षदेखिको प्रेम बिवाहमा परिणत भयो । एउटा उदाहरणीय जोड़ीको रुपमा सामाजिक मिडियामा समेत दुबैको चर्चा चुलियो ।

हनिमून पनि थाईल्याण्डमा मनाए यी जोडीले । फेसबुकका फोटोहरु बोल्थे: अहा ! जोडी होस त यीनीहरुको जस्तै होस । सिर्जनका झण्डै ३००० साथीहरुले उसका फोटोहरुमा गरेका टिप्पणीहरुले त्यसको छनक दिईरहेको थियो । सिर्जना त सामाजिक मिडियाकै सेलिब्रिटी थिईन् । दुबै सरकारी कार्यालयमा जागिर गर्थे । पदको क़द राम्रै थियो दुबैको।

एकदिन सिर्जनको मोबाईलमा एउटा म्यासेज आयो : ब्याट्री लो सेन्ट यु अ म्यासेज । सिर्जनाले को रहेछ भनेर हेर्ने कोशिश गरी तर मोबाईलमा लक कोड लगाएको थियो । ब्याट्री लो भन्ने मान्छेको बारेमा धेरै सोध खोज गरी ।

फेरि त्यस्तै भयो । सिर्जनाको मोबाईलको स्कृनमा गीता शर्मा सेन्ट यु अ म्यासेज लेखिएको थियो, अमेरिकाबाट बहिनीको म्यासेज आयो भन्दै सिर्जनले मोबाईलको म्यासेज हेर्यो : हाउ आर यु ?
सिर्जनले म्यासेजको जवाफ फर्कायो : गुड ।
रिप्लाई आयो : दाई खोई त ?
सिर्जनले जवाफ दियो : यहि हुनुहुन्छ ।
ए त्यसो भए नेटवर्क छैन है ! ल पछि कुरा गरौँला ।
सिर्जनले प्रोफ़ाईल पिक्चर हेर्यो, बहिनी गीताको थिएन, शंकाको ठूलो बादलले सिर्जनको आँखा छोप्यो ।

मायाँ बस्दा साटेको फेसबुकको पासवर्ड छँदै थियो, सिर्जनले सिर्जनाको फेसबुक आफ्नो मोबाईलमा लग ईन गर्न खोज्यो, तर  मिलेन, त्यसै गरि सिर्जनाले पनि लग ईन गरी, सबै म्यासेजहरु एक एक गरेर हेरी ।

पासवर्डले ठूलो खैलाबैला ल्यायो, दिनदिनै पासवर्डकै कारणले वादविवाद भो । सिर्जना कहाँ जान्छे, कस संग हिड्छे भनेर दिनरात चियों चर्चों गर्न थाल्यो, हिजोको समर्पण र बिश्वास आज फेसबुकको पासवर्डमा आएर अडियो, पासवर्ड माग्दा सिर्जनाले गरेको आलटालले त झन शंकाको आगो बाल्यो सिर्जनको मनमा ।

दिनदिनै पासवर्डकै शेरोफेरोमा धेरै आरोप प्रत्यारोप भईरहे मध्यरातसम्म, अफिस गएको बेला घन्टौँ सम्म सिर्जना ‘एक्टिभ नाउ’ देख्दा सिर्जन रिसले आगो हुन्थ्यो ।

एक हप्ता भो सिर्जनले पनि फेसबुकको पासवर्ड बदलेको छ, अचेल उ पनि घन्टौँसम्म फेसबुकमा ‘एक्टिभ नाउ’ देखिन्छ ।

हिजोको त्यो मधुर प्रेम हुँदै सुखद बैवाहिक जीवन आपसमा पासवर्डको धितो राखेर पनि  चलेन, अन्त्यमा डिभोर्समा गएर टुंगियो ।