१ कार्तिक २०८३, शनिबार

राष्ट्रिय बक्सिङमा कञ्चनपुरको जेबी एकेडेमीको विजयी सुरुवात

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Boxing-kanchanpur

काठमाडौं, ७ भदौ । कञ्चनपुरको जेबी एकेडेमीले मंगलबारदेखि काठमाडौंमा सुरु भएको राष्ट्रिय बक्सिङ प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।

५९ केजी तौल समूहमा जेबी एकेडेमी कृष्णपुर–२, वाणीमा कक्षा १० मा अध्ययनरत विद्यार्थी पुस्कर नाथले केन्द्रीय बक्सिङ क्लब काठमाडौका सन्तोष खड्कालाई पराजित गरे ।

यसैगरी जेबीका कक्षा १० मै अध्ययनरत कपिल नाथले ५२ केजी तौल समूहमा उदयपुरका प्रशान्त राईलाई हराउँदै विजय सुरुवात गरे ।

जेबी एकेडेमीबाटै ६९ केजी तौल समूहमा शिक्षक भवानी नाथ बाई पाई अन्तिम ८ (क्वाटरफाइनल) मा पुगेका छन्, भने जेबी एकेडेमीका प्रिन्सिपल तथा उदय सरस्वती क्याम्पसका सहायक क्याम्पस प्रमुख जगदिश सेटी सुपर हेवी पोष्टमा ९१ प्लस केजी समूहबाट बाई पाई सेमिफाइनलमा प्रवेश गरेका छन् ।

अन्तर्राष्ट्रिय खेलकुद परिषद् सादोबाटोको आयोजनामा सुरु भएको चौथो राष्ट्रव्यापी महिला तथा पुरुष खुल्ला राष्ट्रिय बक्सिङ प्रतियोगिता भदौ ११ गतेसम्म चल्नेछ ।

जेवी एकेडेमीबाट सहभागी विद्यार्थी तथा शिक्षकहरुले यसपालीको राष्ट्रिय प्रतियोगितामा मेडल ल्याई कञ्चनपुर तथा सुदूरपश्चिमको शान बढाउने टिम व्यवस्थापक कृष्णदत्त जोशी बोक्सरको विश्वास छ ।

साथै जेबी एकेडेमीले छोटो समयमा कडा मेहनत गरी खेलाडीहरुलाई राष्ट्रिय स्तरमा पुर्याउनुका साथै तालिमको उचित व्यवस्था गरेको हुँदा आउने समयमा अन्तर्राष्ट्रिय खेलकुदमा पनि सहभागी जनाउन सकिने पूर्व आलम्पिक खेलाडी तथा नेपाल बक्सिङ संघका वरिष्ठ प्रशिक्षक विष्णुबहादुर सिंहले बताए ।

विगत दुई वर्षदेखि गरेको मेहनतको फल पाएको कुरा जेवी एकेडेमीका खेलकुद शिक्षक तथा नेपाल बक्सिङ संघका राष्ट्रिय रेफ्री शेरबहादुर साउँदले बताए ।