१ कार्तिक २०८३, शनिबार

इजरायलको तेलअभिवमा तीजको धमाका हुने, सम्पूर्ण तयारी पूरा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ijyral

इजरायल । हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज आउन केही दिन मात्र बाँकी छ । यतिबेला स्वदेश तथा विदेशमा रहेका नेपालीहरुलाई पनि तीजको रहर लागिसकेको छ । हरेक टोलटोलमा तीजका गीतहरू घन्किन थालेका छन भने तीजको रौनक र रमाइलो थपिंदै गइरहेको छ ।

अझ महिला दिदीबहिनीहरु त चिटिक्क परेर तीजको दिन लगाउने रातो सारी र गरगहनाको जोहो गरेर बसिरहेकी छन । तीजको अवसर पारेर विभिन्न संघसंस्थाहरुले दर खाने÷खुवाउने कार्यक्रमसहित विभिन्न मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रम पनि राख्ने गरेका छन ।

पछिल्ला दिनहरुमा नेपालमा हुँदा मात्र होइन काम विशेषले विदेशमा रहेका नेपाली दिदीबहिनीहरुले पनि आपसमा जमघट भई नाचगान गर्दै भब्यरुपमा तीज मनाउने गरेका छन ।

यसै सिलसिलामा बिगतका वर्ष झै हरितालिका तीजको अवसरमा इजरायलमा पनि ‘हरितालिका तीज साँझ २०१६’ को आयोजना हुने भएको छ ।

इजरायलको नमल २८, तेलअभिवस्थित ५ को भवनमा हुने सो कार्यक्रममा नेपालका ख्याती प्राप्त कलाकारहरुले आफ्नो सांगीतिक कार्यक्रम प्रस्तुती गर्ने कार्यक्रम पनि रहेको छ ।

कार्यक्रम इजरायलस्थित नमस्ते नेपाल हातेमालो सामाजिक संस्था र मातृभूमिका लागि पर्वत सेवा समाज, नेपाल (साविक पर्वत सेवा समाज इजरायल) को संयुक्त आयोजनामा हुनेछ । कार्यक्रमको आवश्यक तयारी लगभग पूरा भएको आयोजकले जनाएको छ ।

कार्यक्रम यही भदौ १७ गते अर्थात सेप्टेम्बर २ तारिख शुक्रबारका दिन साझ हुने छ । कार्यक्रममा नेपालका ख्याती प्राप्त लोकगायिका राधिका हमाल, लोकगायक प्रजापति पराजुली र लोकगायिका जानकी तारमी मगरले आफ्नो सांगीतिक कार्यक्रम प्रस्तुत गर्ने पर्वत सेवा समाज इजरायलकी महासचिव दिया चापागाईले जानकारी दिइन ।

महासचिव चापागाईका अनुसार साँझ ८ बजे कलाकारहरुले आफ्नो सांगीतिक कार्यक्रम प्रस्तुत गर्नेछन भने त्यस अगावै कार्यक्रममा उपस्थित महानुभावहरुलाई दर खुवाउने कार्यक्रम रहेको छ ।

तीजको भब्य तयारीका लागि यतिबेला इजरायलमा रहेका नेपालीहरुलाई लिखित तथा मौखिकरुपमा निम्ता गरी उपस्थित भइदिन खबर गर्ने काम भइरहेको पर्वत सेवा समाज इजरायलका अध्यक्ष अनिरुद्र सुवेदीले बताए ।

‘कामको सिलसिलामा प्रवासी भूमिमा रहेका हामी नेपालीहरुले तीजजस्तै चाँडबाँडमा जमघट भएर आफ्नै देशको झझल्को दिलाउने कार्यक्रम गरी एकदिन भएपनि दुःख भुलाउने गरेका छौं,’ महाचिव चापागाई भनिन्, ‘वर्षौदेखि घर जान नपाएका हामी नेपालीहरुलाई तीजजस्तै चाँडबाँडले जमघट भई भलाकुसारी गर्ने अवसर मिल्ने गरेको छ ।’

तीज नारीहरुको विशेष पर्व हो । तीजको कार्यक्रम नारी एक्लैले मात्र गर्न समस्या हुने भएकोले उनीहरुलाई पुरुषहरुले पनि सक्दो सहयोग गर्ने गरेका छन । इजरायलको तेलअभिवमा हुने तीज कार्यक्रम पनि सफल पार्न इजरायलमा रहेका नेपाली पुरुष दाजुभाईहरु सक्रिय भएर लागिरहेको महासचिव चागाईले बताइन ।

तेलअभिवमा हुने तीज कार्यक्रमका लागि आवश्यक पर्ने सम्पूर्ण तयारी अन्तिम चरणमा छ । कार्यक्रम भरपूर मनोरञ्जनात्मकका साथ एकदम सभ्य र भब्यरुपमा हुने भएकोले इजरायलमा रहेका सम्पूर्ण नेपाली दाजुभाई, दिदीबहिनीहरुले कार्यक्रममा आएर हौसल्ला बढाइ दिनहुन महासचिव चापागाईले सबैलाई आग्रह गरेकी छन ।

कार्यक्रममा पाल्नु हुने महानुभावहरुको सुविधाका लागि लेवन्स्की पार्कदेखि कार्यक्रम स्थलसम्म निशुल्क यातायात सेवाको ब्यवस्था गरिएको अध्यक्ष सुवेदीको भनाई छ ।

तीज नारीहरूले शौभाग्य र समृद्धिका लागि धार्मिक परम्पराअनुसार शिव–पार्वतीको उपासना र पूजा गर्ने चाँडको रूपमा नेपाली समाजमा प्रचलित छ । हिन्दु परम्परा र भित्तेपात्रो अनुसार भाद्र शुक्लपक्षका दिन पर्ने यस पर्वले विवाहित र अविवाहित नारीहरूमा हरेक वर्ष उल्लास र रमाइलो थप्ने गर्छ ।