२७ कार्तिक २०८३, शुक्रबार

सुरुमै झट्का लागेपछि उर्जामन्त्री शर्माले भने- मैले निर्देशन दिएको होइन्

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Janardan-Ratna

काठमाडौं, ७ भदौ । उर्जामन्त्री जनार्दन शर्माले पूर्वराजा महेन्द्रकी पत्नी पूर्व मुमा बडामहारानी रत्न राज्यलक्ष्मी शाह बस्दै आएको नारायणहिटीस्थित महेन्द्र मञ्जिलको बत्ति काट्ने निर्देशन आफूले नदिएको प्रष्टिकरण दिएका छन् ।

महेन्द्र मञ्जिलको लाइन काट्दा चर्काे आलोचना भएपछि मन्त्री शर्माले मंगलबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी सर्वसाधारणलाई मर्का पर्ने गरी महसुल नतिरेका ठूला १० प्रयोगकर्ताहरुको लाइन काट्न निर्देशन दिएको तर महेन्द्र मञ्जिलको काट्न निर्देशन नदिएको दाबी गरे ।

आफ्नै अस्पतालले १ करोड महसुस तिर्न बाँकी रहेका बेला सरकारले तिर्नुपर्ने महेन्द्र मञ्जिलको विजुली काट्न निर्देशन दिँदा भर्खर मन्त्री भएर चर्चामा आउन खोजेका उनलाई ठूलै झट्का लागेको थियो ।

पत्रकार भेटघाटमा उर्जामन्त्री शर्माले महेन्द्र मञ्जिलको महसुल नतिरिएको भन्नेबारे कुनै जानकारी पनि नरहेको र त्यहाँको लाइन काट्ने निर्देशन आफूले नदिएको बताए ।

उर्जामन्त्री शर्माको निर्देशनपछि नेपाल विद्युत प्राधिकरणले आइतबार रत्न बस्दै आएको नारायणहिटी दरबार संग्राहलायस्थित महेन्द्र मञ्जिलको विद्युत आपुर्ति बन्द गरेको थियो । तर २४ घण्टा नवित्दै सोमबार लाइन पुनः सुचारु गरिएको थियो ।