१ कार्तिक २०८३, आइतबार

नौकरानीले नै धोका दिएपछि सलमान खान तनावमा!

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Salman-khanमुम्बई । बहिनी अर्पिता खानको घरमा चोरी भएपछि बलिउड अभिनेता सलमान खान तनावमा परेका छन् ।

मुम्बई प्रहरीका अनुसार बान्द्रास्थित पेसेफिक हाइट्समा बस्दै आएकी अर्पिताको घरबाट करिब ५ लाख भन्दा बढीको समान र नगद चोरी भएको छ । अर्पिता र उनका पति आयुष शर्माले आफ्नो घरमा चोरी आइतबार राति भएको बताएका छन् ।

प्रहरीका एक अधिकारीले चोरी भएकै दिनदेखि घरमा काम गर्ने आफसा नामकी नौकरानी पनि गायब भएकाले उनले नै चोरी गरेर भागेको हुनसक्ने आशंका गरिएको छ । चोरिएका समानमा अधिकांश गरगहना रहेका छन् । प्रहरीले आफसनाको पनि खोजी गरिरहेको छ ।

नौकरानीले नै आफ्नो बहिनीलाई धोका दिएर भागेको खबर सुनेपछि सलमान तुरुन्त बहिनीको घर पुगेका थिए । भारतीय सञ्चारमाध्यमका अनुसार उनी अहिले तनावमा छन् ।