२७ कार्तिक २०८३, शुक्रबार

चितवनमा बसको ठक्करबाट दुई जनाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

चितवन, ७ भदौ । चितवनमा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।

भरतपुर उप–महानगरपालिका– १० मा सोमबार मध्यराति १२ बजे पोखराबाट बीरगञ्जतर्फ जाँदै गरेको ना ४ ख ३६९३ नम्बरको बसले बिपरित दिशाबाट आइरहेको ना ३६ प २२७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।

बसको ठक्करबाट मोटरसाइकल चालक नवलपरासीका २९ वर्षीय निराजन न्यौपाने र पछाडि सवार ३४ वर्षीय तिलक कंडेलको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते उनीहरूलाई सरकारी अस्पताल भरतपुरमा उपचारका लागि लगिएको थियो । उपचारकै क्रममा राति नै मृत्यु भएको प्रहरी भनाइ छ ।