२७ कार्तिक २०८३, शुक्रबार

टीकापुर हत्याकाण्डको एक वर्ष पूरा, को थिए त मुख्य दोषी ?

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Tikapur– मोहन विष्ट

कञ्चनपुर, ७ भदौं । टीकापुर हत्याकाण्ड भएको आज ठीक एक वर्ष पूरा भएको छ । गत वर्ष भदौ ७ गते (सोमबार)का दिन सिमाङ्कन सहित विभिन्न माग राख्दै आन्दोलनमा उत्रिएका थरुहटका आन्दोलनकारी र प्रहरीवीच भएको झडपमा एक नाबालक सहित ८ सुरक्षाकर्मीको क्रुर हत्या भएको थियो ।

टीकापुरका नाबालक टेकबहादुर साउद, नेपाल प्रहरीका बरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपाने, प्रहरी निरीक्षकद्वय केशव बोहरा र बलराम विष्ट, सशस्त्र प्रहरीका बरिष्ठ हवल्दार ललित साउद, सशस्त्र प्रहरी सहायक हवल्दार रामबिहारी चौधरी, नेपाल प्रहरीका हवल्दारद्वय जनक नेगी श्याम खडका र प्रहरी जवान लोकेन्द्र चन्दको क्रुर हत्या भएको थियो ।

मारिएका परिवारको सारा खुसी सबै लुटिएको छ, भने घाइतेहरुका घरपरिवार चिन्तै चिन्ताले उनीहरुको मन जलिरहेको छ । घोषित युद्ध भएको भएपनि चिन्त बुझाउने आधार हुन्थ्यो भन्दै पीडितहरु झन चिन्तित भएका छन् । जनयुद्धका बेला बाँचेका राष्ट्रसेवकहरु शान्तिकालमा आएर क्रुर हत्या हुन राष्ट्रका लागि दुखदायी भएको विश्लेषण गरिएको छ ।

दुवैतर्फ तीन दर्जनभन्दा बढि घाइते भएका थिए । यस्तै घटनामा नेपाल प्रहरीको मल्टीग्याँस गन समेत लुटिएको थियो । केही दिनमा प्रहरीले उक्त लुटिएको गन सहित एक व्यक्तिलाई पक्राउ गर्न समेत सफल भएको थियो । यसरी एक नाबालकको के दोष भन्दै नाबालक हत्याका आरोपित लगायतका घटनाका सबै दोषीहरुलाई कानुनी दायमा ल्याएर कारबाहीको माग समेत गरेका छन् ।

पीडित परिवारले आफ्ना परिवारका सदस्यहरुको सम्झनामा प्रथम वार्षिक पूण्यतिथि समेत मनाइसकेका छन् । घटना घटेको वर्षदिन वितिसक्दा पनि दोषीलाई राज्यले कारबाही नगरेको भन्दै पीडित परिवारले मृत आत्माले शान्ति नपाउने बताएका छन् ।

सबै मृतक परिवारका आफन्तहरुले दोषीलाई कारबाही भएमात्रै पीडितले न्याय नपाउने बताएका छन् । पीडित परिवारले भने दोषीलाई कुनैपनि हालतमा उन्मुक्ति दिन नहुने माग समेत गरेका छन् । कैलाली प्रहरीले टीकापुर घटनामा केहीलाई पक्राउ गरेको पनि थियो ।

यसैवीच पीडितहरुले विभिन्न आफन्तको सम्झनामा आज विभिन्न समाजिक कार्यक्रम गर्न लागेका छन् । मृतक प्रहरी निरीक्षक केशव बोहराको सम्झनामा बृक्षारोपण कार्यक्रम राखिएको छ ।

केशवका बुवा समाजसेवि प्रेम सिह बोहराले बाल्यकालमा अध्ययन गरेको विद्यालय महाकालीमा आज बिहान बृक्षारोपण कार्यक्रम राखिएको बताए । ‘के गर्ने छोरो देश र जनताको सुरक्षा गर्दा गर्दै हामीमाझ रहेन्’, उनले भने, ‘उसको सम्झनमा बृक्षारोपण गर्दछु ।’

टीकापुर घटनाको छानबिन गर्नका लागि सरकारले उच्च आयोगका साथै विभिन्न आयोगहरु बनेपनि वास्तविक दोसी को भन्ने बारेमा अझै पत्ता लागेको छैन् । दोषीहरु को हुन् ? कसका कारण घटना भएको हो ? भन्ने बारेमा स्वष्ट रुपमा सार्वजनिक पनि भएको छ ।

घटनापछि टीकापुर क्षेत्र लामो समयसम्म त्रासयुक्त रह्यो । केही सोझा थारु समुदायमा त्रासै त्रास छायो । टीकापुर घटनाको घाउ मेटाउनका लागि सरकारी तहबाट विभिन्न प्रयास भएका छन् । विगतको भन्दा हाल टीकापुरको समाज फेरि पुरानै अवस्थामा आउन थालेको छ । जे भएपनि अव नेपालमा यस्ता अमानवीय घटना कहिल्यै नहुने भन्दै आम नेपालीले कामना समेत गरेका छन् ।