२७ कार्तिक २०८३, शुक्रबार

भारत भ्रमणपछि प्रधानमन्त्री अमेरिका जाने

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

prachanda-patrkar

काठमाडौं, ६ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ असोज २ गते अमेरिका जाने भएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिएको निमन्त्रणालाई स्वीकार्दै प्रधानमन्त्री दहाल आउँदो ३० गते भारत भ्रमणमा जान लागेका हुन् ।
भारतबाट फर्केको भोलीपल्ट नै प्रधानमन्त्री दहाल अमेरिका जाने कार्यक्रम रहेको सचिवालयले जनाएको छ  ।

अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्र संघको मुख्यालयमा आयोजना हुन गइरहेको ७१ औं जनरल एसेम्बलीमा भाग लिनका लागि प्रधानमन्त्री अमेरिका जाने कार्यक्रम तय भएको हो ।

हरेक वर्ष आयोजना हुने उक्त कार्यक्रममा प्रधानमन्त्री दहालले नेपालका तर्फबाट सम्बोधन समेत गर्नेछन् ।