२७ कार्तिक २०८३, शुक्रबार

स्थानीय निकायबारे काँग्रेस संसदीय दलमा छलफल हुने, बैठक बस्दै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

काठमाडौँ, ६ भदौ । नेपाली काँग्रेसले गाउँपालिका, नगरपालिका तथा विशेष संरक्षित वा स्वायत्त क्षेत्रको सङ्ख्या एवम् सिमाना निर्धारणका विषयमा छलफल गर्न संसदीय दलको बैठक बोलाएको छ ।

काँग्रेसले आज बेलुका ४ः३० बजे संसदीय दल कार्यसमितिको बैठक बोलाएको सचिव ध्रुव वाग्लेले जानकारी दिनुभयो । त्यस्तै भोलि मङ्गलबार बिहान ८ बजे काँग्रेस संसदीय दलको बैठक बस्नेछ ।

बैठकमा समसामयिक राजनीतिका साथै स्थानीय निकायको पुनःसंरचनाका बारेमा पार्टीको आधिकारिक धारणा बनाउन छलफल हुने बताइएको छ । काँग्रेसले यसअघि आइतबार र सोमबार केन्द्रीय समिति र जिल्ला सभापतिको संयुक्त बैठक राखेर सोही विषयमा छलफल गरेको थियो ।

स्थानीय निकायको पुनःसंरचानाका लागि सुझाव दिन गठित आयोगले ५६५ वटा स्थानीय तह बनाउनुपर्ने सुझाव दिएपछि प्रमुख दलहरुबीच यसबारेमा चासो बढेको हो । थोरै गाउँपालिका र नगरपालिका बनाइँदा जनतालाई दिइने सेवा सहज र व्यावहारिक नहुने काँग्रेसको धारणा छ । रासस