राजविराज, ६ भदौ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालको संविधानमा गर्ने संशोधनको विषय आन्तरिक मामिला भएको बताएका छन् ।
सप्तरीको राजविराजमा सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले संविधान संशोधन कुनै विदेशीको चाँसोको विषय होइन् भन्दै सरकारले छिमेकी देशमा दूत पठाउनु गलत भएको बताए ।
उनले भने- ‘संविधान निर्माण र संशोधन नेपाली जनताको आन्तरिक मामिला भएकाले यसमा कुनै पनि देशले अनावश्यक चासो लिन आवश्यक छैन् । र सरकार गठन भएलगत्तै दुईवटा उपप्रधानमन्त्रीलाई विशेष दूत बनाई भारत र चीन पठाउनु प्रचण्डको गलत निर्णय हो ।’
उनले संविधान संशोधन कसरी गर्ने यो हाम्रो आन्तरिक मामिला हो भन्दै यसमा कुनैपनि देशले अनावश्यक चासो लिन नहुने बताए ।
उपेन्द्रले आन्तरिक मामिला भनिरहँदा प्रधानमन्त्रीका दूत उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले भारतको योजनामा संविधान संशोधनको ड्राफ्ट तयार पारिसकेका छन् ।












प्रतिक्रिया