२७ कार्तिक २०८३, शुक्रबार

आन्दोलनका लागि तयार रहन मधेसी जनतालाई उपेन्द्र यादवको निर्देशन

27.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Upendra-Yadavराजविराज, ६ भदौ । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेस र मधेसीको माग पूरा नभएकाले आन्दोलन जारी रहेको बताएका छन् ।

मधेस आन्दोलन २०७२ मा निधन भएका सहिदको स्मृतिमा सप्तरीको भारदहमा आयोजित सभालाई सम्बोधन गर्दै उनले मधेस आन्दोलनका क्रममा विगतका सरकारबाट भएका सहमति सम्झौता पूर्णरुपमा कार्यान्वयन हुन नसकेकाले आन्दोलनका लागि तयार रहन मधेसी समुदायलाई निर्देशन दिए ।

वर्तमान सरकारसँग भएको तीनबुँदे सहमति कार्यान्यन गरेरै छाड्ने दाबी गर्दै अध्यक्ष यादवले सो सहमति कार्यान्वयन नभए मधेसवादी दल सरकारमा नजाने बताए । साथै उनले वर्तमान संविधान अत्यन्त अधुरो र अपूरो रहेकाले संविधानलाई मधेसी, जलित, जनजाति र मुस्लिम समुदायले मान्न नसक्ने स्पष्ट पारे ।