मुम्बई । सानो पर्दाका अभिनेत्रीहरूको ब्रेकअपका विषयमा धेरैलाई जानकारी नहुन सक्छ । टिभीका कार्यक्रममा असल भूमिका निभाउने अभिनेत्रीहरूका अधिकांसको घरबार बिग्रिएका छन् । तीमध्ये केहीको यहाँ जानकारी दिइएको छ ।
अभिनेत्री रश्मी देसाई टिभी शो ‘उतरन’की तपस्याको भूमिकामा चर्चित नाम हो । रश्मी देसाईले अहिले आफ्नो तौल धेरै बढाएकी छिन् । तर अहिले उनले आफ्नो तौललाई घटाइ सकेकी पनि छिन् ।
नंदीश संधूसँग २०१२ मा विवाह गरेकी रश्मी देसाईले सम्बन्ध विच्छेद गरेकी छिन् । जेनिफर विंगेटले पहले सम्बन्ध विच्छेद गरेर चर्चामा आएकी थिइन । अहिले भूतपूर्व पतिसँग फेरि गरेका कारण जेनिफर विंगेट चर्चाको शिखरमा छिन् । सन् २०१६ मा जेनिफर विंगेट फरवरी महिनामा पति करण सिंह ग्रोवरसँग अलग पनि भएकी थिइन । जेनिफर टिभी शो ‘सरस्वती चंद्र’मा कुमुदको रोलमा काम गरेकी छिन् ।
दीपशिखा नागपालले केही महिनादेखि पति केशव अरोडासँगको समबन्ध सुधार गर्न सकिरहेकी छैनिन् । सम्बन्ध विग्रिदै गएपछि दीपशिखा नागपाल एक्लै बस्न थालेकी छिन् । केशवले दीपशिखालाई धोका दिएको खबर आएपछि यी दुईवीचको समबन्धका बारेमा मिडियामा समाचार बन्न थालेका हुन् । यो जोडीले फेब्रुअरीमा सम्बन्ध विच्छेद गरेको छ । अभिनेत्री दीपशिखा आफ्ना बच्चाका साथ गोवामा बस्न थालेको बताइन्छ ।
टिभी अभिनेत्री अंकिता लोखंडे लामो समयसम्म जुनियर कलाकार सुशांत सिंह राजपूतसँग रिलेशनशिपमा बसेकी थिइन । अंकिता लोखंडेको
ब्रेकअपपछि फेशनेवल कपडाका साथ देखिने गरेकी छिन् । उनी आफ्ना पहिरनका कारण चर्चामा आउने गरेकी छिन् ।
अभिनेत्री दलजीत कौर पनि पति शालीन भनोट केही समय बसेर छुट्टिएकी छिन् । दलजीत टिभी सिरियलहरूमा दलजीत साडी र गहनासँग सुन्दर देखिने गरेकी छिन् । दलजीतले आफ्ना २५ किलो तौल कम गरेको जनाइएको छ । – एजेन्सी















प्रतिक्रिया