काठमाडौं, ६ भदौ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको केन्द्रीय सचिवालयको बैठक बस्दैछ ।
काठमाडौंको बिजुलीबजारस्थित तराई मधेस लोकतान्त्रिक पार्टीको मुख्यालयमा बस्ने बैठकले सरकारसँग भएको सहमति कार्यान्वयनको समीक्षा गर्नेछ ।
राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव एवम् प्रवक्ता केशव झाका अनुसार बैठकमा सरकारले हालै घोषणा गरेका शहीद, घाइतेको उपचार तथा क्षतिपूर्तिलगायतका विषयमा समीक्षा हुनेछ ।
मधेसी मोर्चाले प्रस्ताव गरेको शहीदको सूचीमा केही मृत्तकको नाम छुटेको नेताहरूले बताउँदै आएका छन् ।
मधेस आन्दोलनका क्रममा पक्राउ परेकाहरूको मुद्दा खारेजी र अन्य राजनीतिक मागका विषयहरूमा पनि सचिवालयमा समीक्षा हुने महासविच एवम् प्रवक्ता झाले जानकारी दिनुभयो ।











प्रतिक्रिया