ञ्चनपुर, ६ भदौ । कञ्चनपुरकी एक महिलाले आफ्नै कोखबाट जन्माएका दुई नाबालक सन्तानको विष सेवन गराएर हत्या गरिदिएकी छिन् ।
कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर–१४ भूडाकी बसन्ती चौधरीले एक छोरा र एक छोरीलाई विष सेवन गराएकी हुन् । बसन्तीले छोराछोरीको हत्या गरी आफूले पनि आत्महत्या गरेकी छिन् ।
आइतबार बिहान घरबाट छोराछोरीलाई स्कूल पुगउन गएको बेला वसन्तीले दुबै बच्चालाई विष खुवाएर हत्या गरेको प्रहरीले जनाएको छ ।
बसन्तीले छोराछोरीहरुलाई उखुबारीमा लगेर सलपास विषादी खुवाएको इलाका प्रहरी कार्यालय बेल्डाडीका इन्चार्ज प्रहरी निरीक्षक गिन्द्र बोगटीले जानकारी दिनुभयो । उहाँका अनुसार छोराको घटनास्थलमै मृत्यु भएको थियो । छोरीको कलकत्तास्थित स्वास्थ्यचौकीमा उपचारका क्र्ममा मृत्यु भएको छ ।
आमाले खुवाएको विषबाट छोरी जस्मिन चौधरी र छोरा दीपेश चौधरीको मृत्यु भएको छ । छोराछोरीका लागि डटपेन किन्ने विषयमा श्रीमानसँग सामान्य विवाद भएपछि वसन्ती चौधरीले विष खुवाएर छोराछोरीको हत्या गरी आफूले आत्महत्या गरेकी हुन् ।
विष सेवन गरेकी बसन्तीको आइतबार राति सेती अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।
‘छोराछोरी पुगाउन विद्यालय गएकी आमा छोराछोरी घर नआएपछि उनका श्रीमान विद्यालय जाँदा छोरीले बाबुको आवाज सुनेर कराएकी थिइन्’, बसन्तीका श्रीमानलाई उदृत गर्दै बेल्डाँडी ईप्रका इन्चार्ज बोगटीले भने, ‘त्यसपछि मात्रै विस सेवन गराएको थाहा भयो ।’
घटना स्थलमा सलपासका गोली भेटिएका छन् । बालबालिकाहरु गाउँकै सगरमाथा बोडिङ्ग स्कुलमा पढदै आएका थिए । मध्यमस्तरका चौधरीको परिवार छ ।












प्रतिक्रिया