१ कार्तिक २०८३, शनिबार

डिसीमा सुरसुधाको बेजोड प्रस्तुति

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

IMG_2931– विजय थापा

वाशिंगटन डिसी । शास्त्रीय सांगीतिक समूह सुरसुधा अहिले अमेरिकाको बिभिन्न राज्यहरुमा एक महिने सांगीतिक प्रस्तुति यात्रामा रहेका छन् ।

अमेरिकाका राज्यहरु टेक्सास, सिकागो, न्युयोर्क आदि राज्यमा प्रस्तुति देखाउदै गत अगस्त १९ तारिख भर्जिनिया तथा अगस्त २० तारिख वाशिंगटन डिसीमा सुरसुधाको प्रस्तुति सम्पन्न भएको छ ।

अगस्त २१ तारिख बाल्टिमोरमा सुरसुधाले आफ्नो प्रस्तुति गर्ने भएका छन् । नेपालको दीर्घकालीन सहयोगको लागि नेपालका लागि अमेरिकाका पूर्व राजदुत स्कट डेलेसीद्वारा स्थापित सोरवे फाउनडेसनको बिशेष पहलमा सुरसुधाको कार्यक्रम गरि रहेकोछ ।

ईमपावर नेपाल टुर २०१६ नामक उक्त कार्यक्रम तथा सोरवे फाउनडेसनका कार्यकारी निर्देशक पूर्व अमेरिकन राजदुत स्कट डेलेसीले कार्यक्रम प्रस्तुति गर्नु अगाडी सुरसुधा ल्याउनुको उदेस्य तथा आगामी दिनमा नेपाललाई कसरि सहयोग गर्न सकिन्छ भन्ने बिषयमा प्रकाश पारेका थिए ।

उनले म नेपाललाई ज्यादै माया गर्छु भन्दै सबैलाई साथ दिन आग्रह समेत गरेका थिए ।

सुरसुधाको कार्यक्रममा बिशेष सहयोग गर्ने सबै नेपाली समुदाय, संघ–संस्था, सौजन्यकर्ता,संचार माध्यम, ब्यबसायी समेत लाई बिशेष धन्यवाद दिएका छन् ।

अमेरिकाका लागि नेपालका राजदूत अर्जुन कुमार कार्की पनि उपस्थिति रहेका थिए ।

कार्यक्रममा सुमन तिम्सिना तथा भिन्तुना अन्तर्राष्ट्रियको तर्फ बाट राम चन्द्र खरेलले कार्यक्रम पूर्व सुरसुधा को बारेमा बोलेका थिए ।

नेपालका लागि भूतपूर्व अमेरिकन राजदूत डेलेसीले नेपाललाई सहयोग गर्छु भन्ने ईक्षा प्रकट गरेकोले हामि नेपाली भएको नाताले किन नेपालको लागि हामीले सहयोग नगर्ने भनि हामी अमेरिका आएका हौ भनि सुरसुधाका टोलि प्रमुखले बताए ।

टोलिले खुशी ब्यक्त गर्दै यो मानव सेवाको लागि गरेको काम हो भन्दै सुरसुधा टोलीले पनि स्वयम् सेवक रुपमा काम गरेको बताए ।