१९ कार्तिक २०८३, बिहिबार

नेकपा माओवादी र कम्युनिस्ट न्यूक्लिअसबीच एकता, औपचारिक एकीकरण मंगलबार

756
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Prakanda01 (3)काठमाडौं, ५ भदौ । नेकपा माओवादीका स्थायी समिति सदस्य एवं प्रवक्ता खडगबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले माओवादीको सत्ताले मात्र देशलाई समृद्ध बनाउने बताएका छन् ।

माओवादीको सत्ता नै जनताको सत्ता हुने बताउँदै दलाल पूँजीपतिहरुको सत्ताले देश र जनतालाई सधैं पराधीन बनाइराख्ने प्रवक्ता प्रकाण्डले बताए ।

आइतबार राजधानीको संवाद डबलीमा क्रान्तिकारी माओवादीहरुबीच भइरहेको तीव्र ध्रुवीकरण र संघर्षको गतिबारे आयोजित पत्रकार सम्मेलनमा पार्टीको धारणा राख्दै उनले सो कुरा बताएका हुन् ।

क्रान्तिकारी शक्तिहरुको धु्रवीकरण देशभर तीव्र गतिमा भइरहेको बताउँदै दिँदै आउँदो मंगलबार छरिएर रहेका क्रान्तिकारीहरु नेकपा माओवादीले उठाएको क्रान्तिको झण्डामुनि गोलबन्द हुने कार्यक्रम रहेको जानकारी दिए ।

क्रान्तिकारीबीच एकता नभई ध्रुवीकरण आजको आवश्यकता रहेको भन्दै एकताले क्रान्तिकारी पार्टी भाँडमा जाने र त्यसको ठाउँमा ध्रुवीकरण महत्वपूर्ण रहेको उनको भनाई छ ।

आउने मंगलबार कम्युष्टि क्यूक्लियस नेपालका संयोजक सुदर्शन ओली ‘हेमन्त’सहितको टोली नेकपा माओवादीमा ध्रुवीकरण हुँदैछ ।
विगतमा नेतृत्वको विचलन र आत्मसमर्णकारी चरित्रका कारण माओवादी आन्दोलन विजयको नजिक पुगेर रोकिएको प्रवक्ता प्रकाण्डले बताए ।

त्यसपछि केही समयसम्म प्रयास गर्दा पनि नेतृत्वकै कारण क्रान्तिको झण्डा उठाउन अवरोध पुगेपछि नेत्रविक्रम चन्द ‘विप्लव’को नेतृत्वमा माओवादी आन्दोलनको झण्डा दरोसँग उठाउन काम भइरहेको बताए ।

यसै झण्डामुनिको गोलबन्दले मात्र नेपाली जनताको क्रान्ति सम्पन्न हुने उनको भनाई छ । यसैबाट राष्ट्रिय स्वाधीनताको रक्षा र जनताको सत्ता स्थापना सम्भव हुने बताए । वर्तमान सत्ता जनताको नभएको र विदेशी र स्वादेशी दलाल पूँजीपतिहरुको निर्देशनमा चल्ने भएकोले देश र जनताको हितमा कहिल्यै काम गर्न नसक्ने बताए ।

अब माओवादीले सत्ता लिएर चलाउने र दलाल पुँजीपतिहरुको दोहोलो काढ्ने बेला आएको उनको भनाई छ । उनले अहिले आत्मनिर्भर राष्ट्रिय पूँजी निर्माण तथा उत्पीडित जनताको पक्षमा, बाह्य हस्तक्षेप र राष्ट्रिय अन्तर्राष्ट्रिय दलाल पूँजीपतिद्वारा निर्देशित सत्ताधारीका विरुद्ध क्रान्ति शुरुवात गर्दा सुरक्षा फौज पयोग गरेर बर्बर दमन गर्न शासकहरु हानथाप गरिरहेको बताए ।

‘हामी सत्ता त लिन्छौं नै, यसपछि देश र जनता समृद्ध हुने क्रम तीव्र रुपमा अघि बढ्छ’ प्रवक्ता प्रकाण्डले भने ‘त्यो बेला अहिलेका दलाल शासक के गर्छन् हेरौँला ।’