१९ कार्तिक २०८३, बिहिबार

मृत शरीर अस्पताललाई दान गर्ने विमलाको घोषणा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ, ५ भदौ । यहाँकी एक सामाजिक अभियन्ताले मृत्युपश्चात आफ्नो मृत शरीर अस्पताललाई दान दिने घोषणा गर्नुभएको छ ।

नेपाल सामुदायिक सेवा केन्द्रकी अध्यक्षसमेत रहनुभएकी ४६ वर्षीया विमला योगीले आफ्नो मृत शरीर राप्ती उपक्षेत्रीय अस्पतालअन्तर्गत बन्ने स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई दान गर्ने घोषणा गर्नुभएको हो ।

योगीले एक औपचारिक कार्यक्रममा स्वास्थ्य विज्ञान प्रतिष्ठान बन्न लागेकोमा खुसी व्यक्त गर्दै उक्त प्रतिष्ठानमा अध्ययन गर्ने विद्यार्थीलाई अनुसन्धानमा सहयोग पुर्याउने उद्देश्यले आफूले मरेपछिको मृत शरीर अस्पताललाई दान गरेको बताउनुभयो । रासस