३० आश्विन २०८३, शुक्रबार

यौन सम्पर्कमा लिप्त हुँदा जब रियो ओलम्पिकमा पदक नै गुम्यो…

27.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Oliberiya-brazil

काठमाडौं । यौन सम्पर्कमा लिप्त हुँदा ब्राजिलकी एक खेलाडीले पदक नै गुमाएकी छन् ।

समाचार एजेन्सीकाअनुसार २० वर्षीया इन्ग्रिड ओलिवेरियामाथि उनकी जोडी १७ वर्षीया गिवोना पेड्रोसाले प्रतियोगिताको अघिल्लो रात यौन सम्पर्कमा लिप्त भएका कारण ब्राजिलले पदक गमाउनु परेको आरोप लगाएकी हुन् ।

उक्त आरोप सँगसँगै पेड्रोसाले अब उप्रान्त ओलिवेरियासँग जोडी नबाँध्ने घोषणा गर्दै एकल प्रतिस्पर्धामा ध्यान दिने जनाएकी छिन् । उक्त प्रतिस्पर्धामा गत वर्ष सम्पन्न पान आम गेम्समा रजत पदक जितेको यो जोडी रियो ओलम्पिकमा अन्तिम स्थानमा रहेको थियो । अन्तिम स्थानमा आएपछि पेड्रोसाले ओलिवेरियामाथि उक्त आरोप लगाएकी हुन् । घटनाक्रमअनुसार ओलिवेरियाले प्रतिस्पर्धाको अघिल्लो रात ब्राजिलका क्यानोइङ खेलाडी पेड्रो गानक्लेब्ससँग लगातार चार घण्टा यौन सम्पर्क राखेकी थिइन् ।

उक्त घटनालाई त्यहाँको मिडियाले म्याराथन अफ सेक्स भनेर सार्वजनिक गरेको थियो । प्रतिस्पर्धामा ब्राजिल अन्तिम स्थानमा आएपछि आफूमाथि लागेको आरोपको प्रतिवाद गर्दै ओलिवेरियाले भनेकी छिन– ‘उक्त घटना मेरो व्यक्तिगत कुरा हो, प्रतिस्पर्धामा पराजित भएपछि मात्र उक्त घटना सार्वजनिक हुनुले मेरो व्यक्तिगत जीवनमा हस्तक्षेप भएको छ, कसैको व्यक्तिगत जीवनमा हस्तक्षेप किन ?’