– भोबिन्द्र शाह
बाजुरा, ५ साउन । बाजुरा जिल्लामा संचालित यात्रु बाहक सवारी साधन र मालबाहक सवारी साधनहरुले रुट प्रमिट नलिइ आफ्नो सेवा प्रदान गरि रहेकाले सवारी दुर्घटना घट्न सक्ने भन्दै जिल्ला प्रशान कार्यालय बाजुराले रुट प्रमिट नलिएका यातायातका साधनहरु संचालनमा रोक लगाउने बताएको छ ।
हाल अछाम जिल्लाको साफे बगर सम्म मात्र रुट प्रमिट भएको भएपनि सुदुरपश्चिम, महाकाली, पबनदुत र कर्णाली यातायातले बाजुरा जिल्लाको तिपाडा बजारसम्म सेवा दिदै आइरहेको सुदुरपश्चिम जीप ब्यबसायी समिती बाजुराका अध्यक्ष झरेन्द्र सिंहले बताएका छन । रुट प्रमिट नलिइ यातायात संचालन हुनु दुःखद भएको भन्दै एक हप्ता भित्र सम्बन्धि सवारी सम्बन्धित यातायात ब्यबसायिहरुले रुट प्रमिटका लागी यातायात ब्यबस्था कार्यालय धनगढीमा निबेदन गनृ जिल्ला निर्देशन दिइएको सहायक प्रमुख जिल्ला अधिकारी भीम बहादुर शाहीले जानकारी दिएका छन ।
साथै साफे बगरदेखि तिपाडासम्म यात्रुबाहक बस र साफे बगर देखि सदरमुकाम मार्तडी सम्मका लागी अस्थायी रुट प्रमिटका लागी यातायात ब्यबस्था कार्यालय धनगडीमा सिफारिस गर्ने निर्णय गरेको बताएको छ । जिल्लामा संचालनमा आइरहेका जीप ब्यबसायीहरुको समय तालिका नियमितता नभएको र मनोपलिका कारण यात्रुहरुले कष्ट खेप्नु परेको भन्दै समय तालिका अनुसार अनिबार्य चल्न प्रशान कार्यालयले निर्देशन समेत दिएइको बताएको छ ।
मानब बिकास सुचंकाकका ७४ औं स्थानमा रहेको बाजुरा जिल्लामा यातायात पहुँच र सडक बिस्तार हुन नसक्दा जिल्ला बासीहरुले महंगीको मार खेपीरहनु परेको बताएका छन ।













प्रतिक्रिया