काठमाडौं, ५ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संविधान संशोधनका विषयमा भारतमा छलफल गरेको भन्दै प्रचण्ड सरकारको आलोचना गरेको छ ।
व्यवस्थापिका संसद्को आइतबार बसेको बैठकमा एमालेका सांसद्ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई संविधान संशोधन हुन्छ भनेर चिठी दिइनु आपत्तिजनक भएको भन्दै सरकारको आलोचना गरेका हुन् ।
प्रधानमन्त्रीको विशेष दूतका क्रममा दिल्ली भ्रमणमा रहेका उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले शनिबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई संविधानलाई संशोधन गरेर सर्वस्वीकार्य बनाउने बुँदासहितको प्रधानमन्त्री दाहालको पत्र बुझाएका थिए ।
एमाले सांसद् यज्ञराज सुनुवारले संविधान संशोधनबारे दिल्लीमा छलफल गर्न पुगेर सरकारले दिल्लीको इशारा बिना केही काम हुँदैन भन्ने सन्देश दिएको भन्दै राष्ट्रिय लज्जाको विषय भएको बताए ।
नेपाल मजदूर किसान पार्टीका सांसद् प्रेम सुवालले पनि नेपालको संविधान संशोधनबारे दिल्लीमा छलफल हुनु राष्ट्रियताको दृष्टिले चिन्ताको विषय भएको बताए ।












प्रतिक्रिया