२७ कार्तिक २०८३, शुक्रबार

व्यवस्थापिका संसदले केपी ओलीलाई दियो नयाँ जिम्मेवारी, भीम रावल पनि अटाए

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kp-oli-pm-1

काठमाडौँ, ५ भदौ । व्यवस्थापिका–संसद्को आजको बैठकले विभिन्न समितिमा रहने सांसद सदस्यको नाम थप गर्ने प्रस्तावलाई अनुमोदन गरेको छ ।

सो अनुसार केपी शर्मा ओली र भीमबहादुर रावल अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समिति, कुन्तीकुमारी शाही विधायन समिति, दीपनारायण साह, नरदेवी पुन र दामोदर भण्डारी अर्थ समिति, शान्ता मानवी विकास समिति, सत्यनारायण मण्डल वातावरण समिति, विष्णुप्रसाद पौडेल लेखा समिति र रामकुमार सुब्बा राज्य व्यवस्था समितिमा हुनुहुन्छ ।

सभामुख ओनसरी घर्तीले सदनको आजको बैठकमा सो प्रस्ताव राख्नुभएको थियो । रासस