१९ कार्तिक २०८३, बिहिबार

स्थानीय निकायको संरचना ठीक भएन: सांसद झा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ भदौ । नेपाल सद्भावना पार्टीकी सांसद डिम्पल झाले स्थानीय निकायको पुनर्संरचनाले जनतालाई झन् ठूलो समस्या उत्पन्न गरेको बताउनुभएको छ ।

संसदको आजको बैठकमा विशेष समय लिएर बोल्दै सांसद झाले पुनर्संरचना गर्दा जनताको सुविधालाई पनि ध्यान दिनुपर्ने बताउनुभयो । ‘स्थानीय निकायको पुनर्संरचना गर्दा ठूलो क्षेत्रफलको बनाउँदा जनतालाई सास्ती हुन्छ’, उहाँले भन्नुभयो, ‘स्थानीय निकायको संरचनाको विषय ठीक भएन ।’

उहाँले सरकारले नगरपालिका बनाएर जनतालाई सुःख दिनुको साटो झन् दुःख दिएको आरोप लगाउनुभयो । सांसद झाले भन्नुभयो, ‘वृद्धा भत्ता दिएर स्थानीय निकायमा कर ह्वात्तै वृद्धि गरेर दुःख दिइएको छ ।’