१९ कार्तिक २०८३, बिहिबार

पेशागत तथा प्रगतिशील इन्जिनियर समूहको उम्मेदवारी घोषणा

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Pesagat-ingineer-samuha

काठमाडौं, ५ भदौ । नेकपा एमाले निकट पेशागत तथा प्रगतिशील इन्जिनियर समूहले शनिबार राजधानीको तुल्सीलाल स्मृति प्रतिष्ठानमा नेपाल इन्जिनियर्स एसोसियसनको ३१ औं कार्यकारिणी परिषद् निर्वाचनको लागी उम्मेदवार घोषणा तथा परिचय कार्यक्रमको आयोजना गरेको छ ।

नेकपा एमालेका अधिकांश जनबर्गीय संगठन प्रमुखहरुको उपस्थिती रहेको सो बृहत कार्यक्रममा प्रमुख अतिथि एबम् नेकपा एमालेका सचिव गोकर्ण बिष्टले देश बिकासको मेरुदन्ड इन्जिनियरिङ्ग समुदायले अब बिकास र समृद्धिको नेतृत्व गर्नुपर्ने बताए । आज ठूला परियोजनाका लागि जनशक्ति अभाव भईरहदा उत्पादित जनशक्ति बेरोजगार बन्नु देशको लागि दुर्भाग्य भएको उनले बताए । त्यस्तै अघिल्लो सरकारको पालामा सुरु गरिएको स्वाधिन अर्थतन्त्र र समृद्धिको मार्गचित्र देशको मुहार फेर्न सफल हुने उनको भनाई थियो ।

कार्यक्रममा पेशागत महासंघ अध्यक्ष बिश्वनाथ प्याकुरेल, युवा संघ अध्यक्ष राजिब पहारी, अनेरास्वबियु उपाध्यक्ष्य रश्मी आचार्य, एमाले नेता एबम् बुद्धिजिवी प्रा डा भरत पहारी, दिनेशचन्द्र देवकोटा लगायतले बोल्नु भएको थियो ।

कार्यक्रममा कोषाध्यक्ष पदका उम्मेदवार इ सन्जिब रोकाहा, उप महासचिव पदका उम्मेदवार इ खिमानन्द कँडेल, महासचिवका उम्मेदवार इ प्रदीप अधिकारी, उपाध्यक्ष पदका उम्मेदवार डा माधव कोइराला र अध्यक्ष पदका उम्मेदवार डा सुमित्रा आमात्यले उम्मेदवारीको औचित्यमाथि प्रकाश पार्नु भएको थियो । निर्वाचन परिचालन समितिका सचिव कृष्ण सापकोटाले सञ्चालन गरेको कार्यक्रम समिति संयोजक सम्भु श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो ।