१ कार्तिक २०८३, शनिबार

टेक्सासमा एचडिएनपी अन्तरर्राष्ट्रियको रक्तदान कार्यक्रम सम्पन्न

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

raktdan 4– विजय थापा

वाशिंगटन डिसी । हेल्प फर डेस्पेरेट एण्ड निड़ी पिपुल अन्तर्राष्ट्रियले अमेरिकाको टेक्सासमा त्रैमासिक रुपमा पूर्व घोषित रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

हेल्प फर डेस्पेरेट एण्ड निड़ी पिपुल अन्तर्राष्ट्रिय (एचडीएनपी इन्टरनेसनल) अमेरिकी सरकारको गैर मुनाफा सामाजिक संस्थामा दर्ता भएको संस्था हो ।

अमेरिकाको टेक्सासको आर्लिंगटनमा सन् २०१२ नेपालीद्वारा स्थापना गरिएको संस्थाबाट २४ जनाले रगतदान गरेका छन् ।

उक्त रक्तदान कार्यक्रममा अधिकांश अमेरिकन, नेपाली, लाओस तथा भियतनामका रक्तदाताहरु रहेका थिए ।

अर्को हप्ता अगस्त २७ तारिख करिब ५ सय जना घरवार बिहीनलाई खान खुवाउने निधो गरेको संस्थाका संस्थापक देवी आचार्यले जानकरी दिएका छन् ।

एचडिएनपी अन्तरर्राष्ट्रियले असहाय, दुःखी, घरबार बिहीनहरुको लागि स्वास्थ्य, शिक्षा र जीविकोपार्जन गर्नेदेखि लिएर उनीहरुलाई सशक्तिकरण गर्ने काममा पनि मदत गर्ने गरेकोछ ।