१९ कार्तिक २०८३, बिहिबार

शुक्लाफाँटामा एकसिङ्गे गैँंडाको सङ्ख्या दश पुग्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ek singe gaindaकञ्चनपुर, ४ भदौ । दुर्लभ वन्यजन्तुको सूचीमा रहेको एकसिङ्गे गैँंडाको सङ्ख्या शुक्लाफाँटा वन्यजन्तु आरक्षमा बढेर दश पुगेको छ ।

गत वर्ष आरक्षमा आठवटा एक सिङ्गे गँैडा रहेकोमा यस वर्ष बढेर दश पुगेका हुन् । वासस्थान र सुरक्षा व्यवस्थामा सुधार गरिएपछि गैंँडाको सङ्ख्यामा बढोत्तरी भएको आरक्ष कार्यालयका मुख्य संरक्षण अधिकृत बेदकुमार ढकालले बताउनुभयो ।

गत वर्ष आरक्षको लालवनीया क्षेत्रमा प्राकृतिक रुपमा एउटा गँैंडा मरेको र मरेको गैँंडाको खाग तस्करी गर्नेमाथि कारबाही प्रक्रिया अगाडि बढाइएको छ उहाँले भन्नुभयो, “त्यसअघि झिलमिला क्षेत्रबाट भारतमा गएर गैंँडा मरेको थियो ।”

“पछि आरक्षमा गैँंडाको सुरक्षाका लागि निगरानी बढाउँदै आएकाले गैँंडा सुरक्षित भएका छन्” उहाँले भन्नुभयो ।

सन् २००० मा चितवन राष्ट्रिय वन्यजन्तु निकुञ्जबाट स्थानान्तरण गरी चारवटा गैँंडा शुक्लाफाँटामा ल्याइएको थियो । एक गैँंडा प्राकृतिक रुपमा शुक्लाफाँटा आरक्षमा फेला परेको थियो । स्थानान्तरण भएको डेढ दशकपछि गैंँडाको सङ्ख्यामा दोव्बरले बढोत्तरी भएको छ उहाँले भन्नुभयो, “यसलाई संरक्षणका हिसाबले सुधारोन्मुख भन्न सकिन्छ ।”आरक्षको सलगाँैंडी क्षेत्र गैँंडाको मुख्य क्रिडास्थलका रुपमा रहेको छ । रासस