काठमाडौँ, ३ भदौ । पूर्वमन्त्री एवम् नेकपा एमालेका नेता लालबाबु पण्डितले आफ्नो बुद्धि र विवेकलाई प्रयोग नगरी अरुको सल्लाहमा मुलुकलाई अगाडि बढाउन खोज्दा प्रगति हुन नसकेको बताएका छन् ।
युथ फाउन्डेसनले सुरु गरेको ‘युथ पार्लियामेन्ट’ शीर्षक छलफल कार्यक्रममा उनले आफ्नो बुद्धि र विवेकलाई प्रयोग नगरी अरु(भारत)को सल्लाहमा मुलुकलाई अगाडि बढाउन खोज्दा प्रगति हुन नसकेको औँल्याउँदै देशमा राजनीतिज्ञ तथा प्रशासनिक क्षेत्रका सबै जनाले आफ्नो जिम्मेवारी बहन गनुपर्नेमा जोड दिए ।













प्रतिक्रिया