काँकडभिट्टा, ४ भदौ । झापाको बिर्तामोड–२ घर भएका दिगान थापा हराएको १२ पछि अचेत अवस्थामा शुक्रबार फेला परेका छन् ।
गत साउन २३ गते राति बोलबम जाने क्रममा झिलझिलेको सतासीधामबाट उनी हराएका थिए ।
थापालाई बिहीबार दिउँसो सतासीधाममा रहेको झरनामा सतासीधाम दर्शनका लागि जाने तीर्थालुले अचेत अवस्थामा लडिरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
इलाका प्रहरी कार्यालयबाट गएको टोलीले उनलाई उद्धार गरी बिएन्डसी हस्पिटल बिर्तामोडमा उपचारका लागि भर्ना गरेको छ ।
स्थानीयवासी, प्रहरी र परिवारले थापाको खोजी तीव्र रुपमा गरिरहेका थिए । उनी साउन २३ गते स्थानीयवासी साथी मिलन गुरुङसँग घरबाट सतासीधाममा रहेको शिवालय मन्दिरमा जल चढाउन गएका थिए ।
प्रहरी निरीक्षक कुन्दन देवका अनुसार थापाको हात र खुट्टामा गहिरो चोट देखिएको छ । रासस












प्रतिक्रिया