११ कार्तिक २०८३, बुधबार

खचाखच यात्रु लिएर दुबई उड्यो नेपाली ध्वजाबाहक एयरबस

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepal Airlinesकाठमाडौं, ४ भदौ । नेपाल वायुसेवा निगमले चार वर्षपछि बिहीबारदेखि युएईको दुबईमा पुनः उडान सुरु गरेको छ ।

निगमको संस्थागत विभागका अनुसार, बिहीबारदेखि सुरु पहिलो उडानमा १ सय ५८ सिट सबै भरिएका थिए भने दुबईबाट शुक्रबार विहान फर्किदा १ सय ३७ यात्रु थिए । कान्तिपुर दैनिकले समाचार छापेको छ ।

निगमको दुबई आठौं उडान गन्तव्य हो । राष्ट्रिय ध्वजाबाहक कम्पनीले सातामा तीन दिन आइतवार, मंगलबार र बिहीबार काठमाडौंबाट उडान भर्नेछ भने दुबईबाट त्यसको भोलिपल्ट सोमबार, बुधबार र शुक्रबार फर्किने उडान तालिका राखेको छ ।

काठमाडौंबाट राति साढे ११ बजे दुबईका लागि विमान उडने छ भने दुबईबाट उडेको उक्त विमान विहान साढे १० बजे काठमाडौं अवतरण गर्ने छ ।

काठमाडौंदेखि दुबईसम्मको उडान अवधि ४ घण्टा ४० मिनेट रहेकोछ ।

त्यसैगरी दुबईबाट काठमाडौं फर्किदा ४ घण्टा १५ मिनेटको उडान अवधि छ ।

यो रुटमा दुई सेट पाइलट राखिएका छन् । निगमको सगरमाथा नामको एयरबस उडाएर क्याप्टेनहरु आरपी ढकाल र श्रवण रिजाल विहीबार दुबई पुगेका थिए भने उताबाट सुवाष रिजाल र विजय लामाले विमान ल्याएका थिए ।

निगमले काठमाडौं–दुबई–काठमाडौं उडानबाट बैदेशिक रोजगारीमा जाने नेपाली र तेस्रो मुलुकबाट नेपाल घुम्न आउने पर्यटकलाई लक्षित गरेको छ ।

निगमले यस रुटबाट एक वर्षमा ४० हजार ५ सय २८ यात्रुलाई सेवा दिने लक्ष्य राखेको छ । यसबाट मात्रै करिब १ अर्ब रुपैयाँ आम्दानी हुने अनुमान छ ।

निगमले ०४१ माघदेखि सुरु गरेको दुवई उडान यात्रालाई विमान अभावले ०६९ भदौं १२ मा २८ वर्षपछि बन्द गरेको थियो ।