११ कार्तिक २०८३, बुधबार

एटिएमबाट यसकारण पैसा चोरी हुँदो रहेछ, बल्ल खुल्यो रहस्य

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

काठमाडौं, ४ भदौ । नक्कली एटिएमबाट पैसा निकालेको आरोपमा गत १७ साउनमा पक्राउ परेका रोमानियन नागरिक प्रेडा अउरेलियनले प्रहरीको सोधपुछमा भनेका थिए, ‘तिमीहरूको देशमा एटिएममा पुरानो प्रविधि छ, यस्तो प्रविधि रहेसम्म म मात्र होइन, जोसुकै आएर पनि पैसा चोर्न सक्छ’ ।

विश्वका धेरै देशले चिप प्रविधिको एटिएम कार्ड प्रयोग गर्दै आएका छन्, तर नेपालले भने सजिलै डाटा चोरी हुन सक्ने म्याग्नेटिक स्ट्राभ प्रविधिका कार्ड प्रयोग गर्दै आएकाले अन्तर्राष्ट्रिय एटिएम ठगहरूको नेपालमा गतिविधि बढेको हो । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

गत १७ साउनमा रोमानियन नागरिक प्रेडा अउरेलियन नक्कली एटिमसहित पक्राउ परे ।

उनी नक्कली एटिएम बनाई ठगी गर्ने अन्तर्राष्ट्रिय गिरोहका सदस्य भएको खुलेको छ ।

गत वर्ष मात्र नक्कली एटिएम बनाई ठगी गर्न नेपाल आएका पाँचवटा गिरोह पक्राउ परिसकेका छन् ।