१ कार्तिक २०८३, शनिबार

स्याङ्जाका अग्नीपीडितलाई पोर्चुगलबाट राहत

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

money-350x250– भरत प्रधान

पोर्चुगल (युरोप) । स्याङ्जाको पेलाकोट गाविस स्थित चोकका अग्नीपीडितहरुलाई स्याङ्जा सहयोग समाज पोर्चुगलले राहत रकम प्रदान गरेको छ ।

आगलागी बाट पीडित बनेका सो स्थानका १९ घरपरिवारलाई बिहीबार एक कार्यक्रमका बिच समाजले सहयोग स्वरुप ५० हजार रुपैयाँ राहत रकम प्रदान गरेको हो । समाजका अध्यक्ष दामोदर सुवेदी सहितको एक टोली सोही स्थानमा पूगेर राहत रकम प्रदान गरिएको समाजका महासचिव डोलराज भण्डारीले जानकारी दिनुभयो ।

राहत संकलन समिति पेलाकोटका संयोजक ठाकुर प्रसाद पाठकको अध्यक्षतामा भएको कार्यक्रममा कफी ब्यबसायी राष्टिय महासंघका अध्यक्ष श्याम भण्डारी, लायन्स क्लबका महेश भटराई, नेपाली कांग्रेसका क्षेत्रीय सदस्य हरिबाबु पोख्रेलले सयंक्त रुपमा राहत रकम हस्तान्तरण गर्नुभएको थियो ।

गत बैशाखमा भएको भिषण आगलागीबाट सो स्थानमा रहेको १९ घर जलेर पूर्ण रुपमा नष्ट भएको थियो । आगलागी पछि घरबार बिहीन भएका पीडितहरुलाई सहयोग गर्ने उद्धेश्य अनुरुप पोर्चुगलमा राहत रकम संकलन गरि रकम हस्तान्तरण गरिएको समाजले जनाएको छ ।