१९ कार्तिक २०८३, बिहिबार

गाविस सचिवले सामाजिक सुरक्षा भत्ताको रकम हिनामिना गरेको आरोप

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Paisa

– भोबिन्द्र शाह

बाजुरा, ३ भदौ । गाविस सचिवहरूको बदमासीका कारण बाजुराका तीन गाविसमा वृद्धवृद्धा, एकल महिला र दलित बालबालिको सामाजिक सुरक्षाभत्तामा ब्यापक अनियमितता भएको कुरा सार्वजनिक भएको छ ।

जिल्ला बिकास समिति बाजुराको गत आर्थिक बर्ष ०७२–०७३ को लेखा परिक्षण प्रतिवेदनबाट जिल्लाको कैलाशमाण्डौ, बाह्रविस र जयबागेश्वरी गाविसका समाजिक सुरक्षा भत्ता पाउनेहरूको सूचीमा वर्षौं अघि मृत्यु भइसकेका उमेर पुगेर बालबालिका र सुचिमा नभएका एकल महिलाको नाममा भत्ता दिएको फर्जी विल भरपाइ बनाई एकै बर्षमा १४ लाखा २७ हजार ४ सय सरकारी रकम अनिमित गरेको खुलेको हो । सबैभन्दा बढी कैलाशमाण्डौ गाविस सचिव खगेन्द्र साउँदले अनिमित गरेको भेटिएको स्थानीयको समेत आरोप लगाएका छन । सचिव साउँदले सय बढी ब्यक्तिको उमेर नपुगेका व्यक्तिहरुको नागरिता सच्याउन लगाएर बृद्ध भत्ताको रकम हिनामिना गरेको स्थानीयको आरोप रहेको छ ।

जिविसको बेरोजो विवरणमा समेत कैलाशमाण्डौ गाविसका जेष्ठ, एकल महिला र दलित जेष्ठको ५५ जना र ५ बर्ष उमेर पुगी सकेका २ सय १२ जना बालबालिकको नाममा भुत्तानी देखाइ एक बर्षमा ७ लाख २४ हजार ४ सय रकम अनियमित भएको औल्याएको छ । त्यसैगरी बाह्रविस र जयबागेश्वरी गाविसमा समेत उमेर पुगेका बालबालिका र एकल महिलाको नाममा रकम अनियमितता भएको भेटिएको जिल्ला बिकास समिति बाजुराले जनाएको छ ।

जनप्रतिनिधि विहीन रहेको अवस्थामा गाविस सचिव लगायत स्थानिय निकायका कर्मचारीले आर्थिक अनियमिततामा संलग्न रहेको प्रतिवेदनले पुष्टि गरेको छ । विकास बजेट तथा भत्ता रकम हिनामिना गरेकोे आरोपमा कतिपय गाबिसको मुद्दा अझै पनि अख्तियारमा विचाराधीन रहेको जिविस स्रोतले बताएको छ ।

कैलाशमाण्डौ गाविस सचिव खगेन्द्र साउँदले आफन्तहरुको नागरितामा जन्म मिति समेत सच्याएर भत्ता उपलब्ध गराएर कमिसन खाने गरेको स्थानीय जहरसींह अएडीले बताउनुभयो । उमेर सच्याएर मृतकका नाममा सामाजिक सुरक्षा भत्ता निकासा गर्नु सामाजिक सुरक्षा कार्यविधि २०६९को कार्यविधि बिपरीत भएपनि हाल सम्म कारबाही हुन नसक्नु दुखद भएको स्थानियले बताएका छन ।

गाविस सचिवहरुले व्यवहारीकता देखाउँदै उमेर पुगेका बालबालिका र मृत्यु भएका व्यक्तिको विवरण राखेर खर्च जनाएका छन त्यो कानुन सम्भत हुने कुरै भएन त्यही भएर उनीहरुको नामबाट असुलउपर हुनेगरी व्यरुजु औल्याएकाछौ जिल्ला बिकास समितिको एक श्रोतले बताएको छ । लगत दिदा कम देखिएपनि रकम वितरणमा लगत भन्दा बढी व्यक्तीको नाम राखेर कागज तयार पार्नु नै अनियमित हो श्रोतले जानकारी दिएको छ । गत आबको चालु आर्थिक बर्षको पहिलो चौमासिकको रकम लिँदा एकथरी तथ्याङ्क देखाएका सचिवहरुले असारमा तेश्रो चौमासिकको रकम लिँदा भत्ता पाउनेको संख्या बढाएपछि अनियमितता भएको खुलेको हो । पहिलो चौमासिकमा उमेर नपुगेकाले वर्षभरि नै भत्ता नपाउने नियम भएपनि सचिवहरुको लापर्बाही र मनोपलिका करण आर्थिक वर्षको बिचमा भत्ता पाउनेको संख्या बढाएको पाइन्छ यो रोक्न लागि रहेका छौ जिल्ला विकास समितिले जनाएको छ । सरकारले जेष्ठ नागरिक, एकल महिला, पूर्ण र आंशिक अपाङ्गलाई मासिक रुपमा भत्ता दिँदै आएको छ । तर कतिपय गाविस सचिवले मृत्यु भैसकेका र अन्यत्रै वसाई सरेर गएकाहरुको पनि मृत्युदर्तालाई अद्यावधिक नगरी रकम निकासा गरेको पाइएको छ । आर्थिक बर्ष २०७१।०७२को आर्थिक वर्षको तेस्रो चौमासिकमा मात्रै ७५ जनाको नाम फर्जी भेटिएको छ ।

कतिपय सचिवहरुले बृद्धबृद्धाको नाममा आफ्नै हात–खट्टाको औठाछाप लगाएर पनि बुझ्ने गरेका छन् । सचिवहरु गाविसको कार्यालयमा भन्दा बढी समय सदरमुकामै बस्ने भएकाले पनि यथार्त तथ्यांक आउन नसकेको जनाएको छ । कैलाशमाण्डौका लछुदेवी चदारा, डम्म लवार, विन्दा देवि सेराला,पारेदेवि अएडी, जरु पाध्याय लगाएत सयौका नागरिताको जन्मतिति सच्याइएको पाइएको छ ।

यता कैलाशमाण्डौ गाविस सचिवले भने आफुलाई झुक्याएर कतिपयले झुटो विवरण दिएकाले समस्या भएको र यसमा आफ्नो कुनै दोस नभइ नागरिता सच्याउनेहरुको नै भएको बताए छन । सचिव साउँदले भनेः उम्मेर सच्याएर भत्ता बुझेको कुरा सुन्नमा आएकोले त्यस्ता व्यक्तीहरुको तथ्यांक संकलन गरेर बदर गर्न लागेको बताएका छन । तर स्थानीयले भने उनको जानकारी भएर नै उनकै मिलोमोतोमा नै भएको दावि गरिरहेका छन ।