१ कार्तिक २०८३, आइतबार

१६ वर्षे छोरीको लागि उमा वेवीले खोजिन् नायक, भूवन केसी पनि खेल्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

uma-bebi

काठमाडौं । उमा फिल्मस्को ब्यानरमा निर्माणमा नयाँ चलचित्र बन्ने भएको छ । आज काठमाडौंमा आयोजना भएको पत्रकार सम्मेलनमा नाम तय भैनसकेको चलचित्र बन्ने घोषणा गरिएको हो ।

सविर श्रेष्ठले निर्देशन गर्ने चलचित्रमा उमा वेवीको लगानी रहनेछ । चलचित्रमा शिव ढकालको छायांकन, सचिन सिंहको संगीत रहनेछ । चलचित्रमा नायक भूवन केसी र मोडल नम्रता योगी मुख्य भूमिकामा रहने पक्का भएको छ ।

यही चलचित्रबाट निर्मात्री तथा कलाकार उमा वेवीकी छोरी सिवानी गिरी चलचित्र क्षेत्रमा भित्रिदैछिन् । सिवानी ‘मिस भारत वल्र्ड २०१६’को फस्ट रनरअप, मिस भारत सिक्किम २०१६ को विनर, मिस भारत हिमालया २०१६ को विनर समेत हुन् ।

सिवानीको जन्मदिनको अवसर पारेर चलचित्र निर्माणको घोषणा गरिएको हो । कार्यक्रममा बोल्दै नायक भूवन केसीले चलचित्रको कथावस्तु मन परेकाले आफूले काम गर्न लागेको जानकारी दिए । यस्तै, चलचित्रका निर्देशक सविर श्रेष्ठले ‘इशारा’पछि उमासँग चलचित्र बनाउन लागेको भन्दै कथावस्तु सिक्किम र नेपाल जोड्ने बिषयमा तयार हुने बताए ।

यस्तै, निर्मात्री उमा वेवीले आफूले छोरीको ट्यालेन्ट देखेरै चलचित्रमा भित्राउन लागेको बताइन् । यसका लागि छोरीलाई नृत्य र अभिनयको तालिममा पठाइरहेको उनको भनाई थियो ।

कार्यक्रममा बोल्दै सिवानीले विभिन्न सौन्दर्य प्रतियोगीता जितेपछि आफूलाई अभिनयले आकर्षित गरेको बताइन् । उनले आमा र हजुरआमाको प्रेरणाले यो क्षेत्रमा आउन लागेको जानकारी दिइन् ।

कार्यक्रममा चलचित्र क्षेत्रका विभिन्न चलचित्रकर्मी उपस्थित थिए । यसैविच,चलचित्रका लागि नव–नायकको खोजी गरिएको छ । निर्देशक सविर श्रेष्ठले चलचित्रमा नयाँ अनुहार खोजिएकाले काम गर्न रुची भएका यूवकले आफूहरुसँग सम्पर्क गर्न सक्ने बताए ।