१९ कार्तिक २०८३, बिहिबार

फेवातालमा बेपत्ता युवकको शव फेला

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

fewa-lake-3-copy-copyपोखरा, ३ भदौ । फेवातालमा बेपत्ता भएका युवकको लाश आज बिहान फेला परेको छ ।

रुकुम घर भई हाल पोखराको पस्र्याङ बस्दै आएका ३६ वर्षिय जीतबहादुर शाही माछा समात्ने क्रममा चिप्लिएर बिहीबार साँझ ७ बजे तालमा बेपत्ता भएको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ ।

मृतक शाहीको शव परीक्षणका लागि पश्चिमान्चल क्षेत्रीय अस्पताल पोखरामा लगिएको बताइएको छ । रासस