१९ कार्तिक २०८३, बिहिबार

प्रचण्डलाई युवा संघको चेतावनी- भारतीयलाई सहिद घोषणा गरे चुप लागेर बस्दैनौं

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rajib-pahari

पोखरा, ३ भदौ । युवासंघ नेपालका केन्द्रिय अध्यक्ष राजीव पहारीले सरकारले कुख्यात अपराधीलाई आम माफि दिने कार्य गरे नेपाली युवाहरु चुप लागेर नबस्ने चेतावनी दिनुभएको छ ।

पोखरास्थित पश्चिमाञ्चल इञ्जिनियरिङ्ग क्याम्पसमा अनेरास्ववियुद्वारा आयोजित स्वागत तथा बिदाइ कार्यक्रमलाई प्रमुख अथितिको रुपमा सम्बोधन गर्दै उहाँले भारतीय नागरिकलाई सहिद घोषणा गर्न प्रचण्ड प्रधानमन्त्री बनेका हुन् भने यहाँ अझ ठूला राष्ट्रघाती काम हुन् सक्ने बताउनुभयो । ‘भारतीय राजदूत रञ्जीत रे नेपालको पररास्ट्रमन्त्री होइनन, कुटनीतिक मर्यादा उल्लंघन गरिरहँदा देशका प्रधानमन्त्री किन मुकदर्शक बन्छन ?’ उहाँले प्रश्न गर्नुभयो । उहाँले मधेसबादी दलको भारतपरस्त स्वभाव र प्रचण्डको व्यवहारले दक्षिणतर्फ बढ्दै गएको लम्पसारबादबाट नेपाली जनताको भाग्य भविस्यलाई खतरा रहेको समेत बताउनुभयो ।

देश निर्माणको यो महान घडीमा अब युवाहरुले एकजुट भै अगाडि बढ्नुपर्ने समेत उहाँले बताउनुभयो । त्यस्तै उहाँले आगामी निर्वाचनमा नेकपा एमाले बहुमतका साथ पहिलो शक्ति बन्ने दाबी गर्नुभयो । ‘एमालेलाई अब कसैले रोक्न र छेक्न सक्दैन । हामी निर्वाचन कुरिरहेका छौ । अराजक तत्वहरु निर्वाचनबाट बढारिने छ’ उहाँले भन्नुभयो ।