सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहालज्यू,
अभिबादन !!!
यो हप्ता फिलिपिनो महिला जोया र त्यससंग जोडिएर तपाईमाथि समाजिक संजालमा बिभिन्न नकारात्मक प्रश्नहरू तेर्सिए । जोयालाई न्याय उनको भाषामा ऊनी जन्मिएको माटो अर्थात उनको जन्मभूमिले दियो ।
तपाई अहिले माओबादी केन्द्रको मात्र नभई देश अनि सारा ३ करोड जनताको प्रधानमन्त्री हो । तपाईको क्षमता र सक्षमता कहिलेकाँहि देशले गौरव गर्छ भने कमीकमजोरीमा असह्य पीडा खुलेर ब्यक्त वा नखुलिकन अब्यक्त पनि भईरहेको हुन्छ ।
सृजना त्रिपाठी (प्रकाशकी पूर्व श्रीमती) र त्यो दूधे बालक (प्रकाशको छोरा)को वास्तबिकता के हो ? अब तपाईले ढिला नगरी मुख खोल्नु पर्दछ । दुई परिवारमध्ये तपाईको परिवार र त्रिपाठी परिवार को अन्यायमा परेको हो ? वास्तबिकता बाहिर आउनु पर्दछ किनकी तपाई अहिले सृजनाको र त्यो अबोध बालकको पनि प्रधानमन्त्री हो । ठूला मान्छेहरूको पीडा अब्यक्त हुन्छन् भनेझै हुनसक्छ तपाईसंग पनि आँशु झार्ने कथा र ब्यथा हुनसक्छ । जीवनका सबै सम्बन्धहरू सफल मात्र हुन्छन् भन्ने छैन । असफलताको पनि ब्यबस्थापन गर्ने आफ्नै जीवनपद्धति र तौरतरिकाहरू छन् । ठूलो जीवनयुद्ध लडेर आउनु भएको तपाई उक्त बिषयमा ज्यादै नै जानकार हुनुहुन्छ । कहिले काहि ठूला मान्छेहरू परिवारको अगाडि नीरिह र नतमस्तक हुन्छन् भन्छन् र यसैले नै ऊनीहरुलाई कमजोर पनि बनाई रहेको हुन्छ । तपाई यसबाट मुक्त हुन सक्नुहोस् साथै तपाई यो मुकुलको सर्बशक्तिमान मान्छे हुँदा तपाईको सबै सन्ततिहरूले बराबरी रूपमा तपाई प्रति गर्ब गर्न सकुन् ।
शुभकामना !!!!
भवदिय
सोमनाथ घिमिरे
















प्रतिक्रिया