नेपाललाई अस्तव्यस्त बनाएर भारतीय गुप्तचरहरुले पहिला माओवादीलाई हातमा लिएर भरिया बनाएपछि कांग्रेसका गिरिजाप्रसाद कोइराला र एमालेमा माधव नेपालमार्फत कांग्रेस, एमालेलाई आफ्नो पकडमा लिए । त्यसपछि दिल्लीमा २०६२ साल मंसिरमा दिल्लीमा १२ बुँदे सहमतिमा हस्ताक्षर गरेर प्रायोजित रुपमा जनआन्दोलन गरियो ।
जनआन्दोलनपछिको यो १० वर्षमा नेपाल ठूलो संकटमा छ । नेपालभित्रका आन्तरिक समस्या, छुवाछुत, लिङ्गभेद उन्मुलन गर्नुको सट्टामा उघ्र जातीयको उघ्र नारा झिकेर नेपालको सार्वभौमसत्ता, एकता बचाउनुपर्नेमा छिन्नभिन्न गराउन खोजिएको छ । कांग्रेस, एमाले, माओवादीले यति घात गरेका छन् कि यिनीहरुलाई जस्तोसुकै सजाय दिएता पनि कम हुँदैन । प्रकृतिले यो अत्याचार कतिदिनसम्म सहन्छ ? नेपाली जनता मारेर, धोका दिएर विदेशीको इशारामा संविधानसभाबाट संविधान बनाउने नाममा देश टुक्रयाउन खोज्नेहरु यी ‘वापति’ हुन् ।
अत्याचार नाघेपछि दैवी कुराले पनि काम गर्छ । भारतमा एक सन्तको श्रापले इन्दिरा गाँधीको गाई तिहारका दिन गोली हानी हत्या भयो । इन्दिरा गाँधीले संकटकालपछि निर्वाचन जित्ने कुनै आस थिएन । उनका प्रतिद्वन्द्वी मिज्लिड गप्पाले जित्ने पक्का थियो । इन्दिरा गाँधी आत्तिएर भारतका सम्पूर्ण साधुहरुको सहयोगमा चुनाउ जित्ने अठोट गरेर सिद्ध स्वामी करपात्री महाराजा, सन्त बिनोभा भाबे जस्ता प्रसिद्ध साधुहरुलाई निर्वाचन जिताउन सहयोग मागिन् ।
सन्तहरुले सर्त राखे – ‘तपाईलाई हामी जिताउँछौं तर एक सर्तमा, तपाई निर्वाचन जिेतेर प्रधानन्त्री भएपछि भारतवर्षभरि गौहत्या बन्द गर्ने वचन दिनुपर्छ ।’ सिद्ध स्वामी करपात्री महाराजा, सन्त बिनोभा भाबे यी दुईको विचारमा सारा भारतका जनता विश्वस्त हुन्थे ।
इन्दिरा गाँधी तुरुन्तै वचनवद्ध भएर भनिन्, ‘म प्रधानमन्त्री भएपछि सर्वप्रथम भारतवर्षभरि गौहत्या बन्द गराउनेछु ।’ इन्दिरा गाँधीले निर्वाचन जितेर प्रधानमन्त्री भइन् तर गौहत्या बन्द गर्ने कुरै उठाइनन् । सन्तहरु कैयौं पटक भेट्न गए तर सुनिनन् । आखिरीमा गाई तिहारको दिनमा हजारौं साधु–सन्तहरुको जुलुस भारतको संसद घेर्न गयो ।
साधुहरुको जुलुसले उग्र रुप लिएपछि इन्दिरा गाँधीले साधूलाई गोली ठोक्ने आदेश दिइन् । सेनाको गोली जुलुसमा नेतृत्व गरिरहेका सन्त महाराज वामी करपात्रीको छातीमा लाग्यो । रगतको भल बग्यो । साधूहरुको भीडमा सुतेर उनले श्राप दिए– ‘मेरो जसरी हत्या भयो त्यसरी नैं इन्दिरा गाँधीको हत्या होस् र गाँधीबंश नास होस् ।’ त्यही श्रापको परिणाम गाई तिहारकै दिन इन्दिरा गाँधीको गोलीबाटै हत्या भयो । त्यस्तै जेठो छोरा प्रधानमन्त्री राजीव गाँधीको बन्दुको गोलीबाटै हत्या भयो र छोरा सञ्जय गाँधीको हेलिकेप्टर दुर्घटनामा दुखद् मृत्यु भयो । साधुहरुको श्रापबाटै गाँधी बंश भयो । भारतीय धर्म र संस्कृति बिरोधी, इटालीयन क्याथोलीक सोनियाँ गाँधी र उनको सन्तान त्यो पुस्तासँग जोडिदैन । आत्मादेखि दिएको श्रापले पापीलाई नष्ट गर्छ–गर्छ ।
इन्दिरा गाँधी र उनको बंश नासिएको झै अव देशद्रोही, अपराधीहरु नष्ट हुन भनेर सारा नेपालीहरुले रगतका आशु निकालेर श्राप दिएका छन् । त्यसको परिणाम माओवादी, कांग्रेस र एमालेहरुले पनि भोग्नेछन् ।
















प्रतिक्रिया