११ कार्तिक २०८३, बुधबार

भारतीय प्रधानमन्त्री र भाजपा नेताहरूलाई नेपाली चेलीको हातबाट राखी

490
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Modiकाठमाडौं, ३ भदौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, भाजपा अध्यक्ष अमित साह, गृहमन्त्री राजनाथ सिंहलगायतले बिहीबार बिहान नेपाली चेलीको हातबाट राखी लगाएका छन् ।

आइटिओस्थित भारतीय जनता पार्टीको नयाँ भवन शुभारम्भ कार्यक्रममा मोदीले नेपाली चेलीहरू अदीती गुरूङ र मीनाक्षीको हातबाट राखी बाँधेका हुन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

उनीहरूले मोदीलाई राखी बाध्ने कार्यक्रम तय भएको थियो । तर, त्यहाँ अन्य नेताहरू पनि रहेकाले उनीहरूलेसमेत नेपाली चेलीको हातबाट राखी बाँधेका हुन् ।

भाजपा कार्यालयका अनुसार अध्यक्ष अमित साह, नेताहरू लालकृष्ण आडवाणी, मुरलीमनोहर जोशी, राजनाथ सिंहलगायतले पनि नेपाली चेलीको हातबाट राखी बााधेका थिए ।