काभ्रे, ३ भदौ । रुट परमिट नभएका सबै ग्रामीण भेग जाने बसलाई काभ्रे प्रहरीले फिर्ता गरेको छ ।
प्रहरीले बिहीबार बीपी राजमार्गमा चलेका ठूला गाडीलाई भकुण्डेबाट फिर्ता गरेको थियो। भकुण्डेसम्म मात्रै परमिट भएकाले रोकिएको जिल्ला प्रहरी प्रमुख एसपी राजेशनाथ बास्तोलाले जानकारी दिए । कान्तिपुर दैनिकले समाचार छापेको छ ।
बीपी राजमार्ग पूर्णतया संचालनमा आए पनि सरकारले रुट परमिट जारी गरेको छैन ।
हिमाल–तराई यातायात सेवा समितिका अध्यक्ष आत्माराम थापाले ३ पटक निवेदन दिदा पनि सरकारले परमिट नदिएको बताए ।
उक्त रुटमा हिमाल–तराई यातायात, बीपी राजमार्ग यातायात, कमलामाई लगायत विभिन्न ४० समितिले सेवा संचालन गरिरहेका छन् ।
रुट परमिट नभएका क्षेत्रमा गाडी संचालन हुँदा दुर्घटना भएको र बिमाको समेत व्यवस्था नभएको भन्दै प्रहरी प्रशासनले रोक लगाउन थालेको हो ।
जिल्ला ट्राफिक प्रहरी प्रमुख सुकदेव खनालका अनुसार बिहीबार ६२ वटा बिना रुट परमिटका सवारी फिर्ता भएका छन् । सवार फिर्ता भएसँगै याुहरू बिचल्लीमा परेका छन् ।















प्रतिक्रिया