१२ वटा जातीय राज्य चाहिन्छ भनेर बखेडा गर्ने प्रचण्ड नै हुन् । यो अमिल्दो र नहुने माग राखेर संक्रमणकाल लम्बाउने रणनीति थियो उनको । त्यसैले माओवादीले मात्र ५ बिकाश क्षेत्रलाइ ५ प्रान्त बनाउन मानेनन् । ५ बिकाश क्षेत्रलाइ ५ प्रान्त बनाउँदा सबैको साझा समझदारी हुन्थ्यो । तराई केन्द्रित दललाई आन्दोलन गर्ने र नाकाबन्दी लगाउन बाध्य बनाउने माओवादी हो ।
यो नै नाकाबन्दीको एकमात्र कारण हो पनि माओवादी हुन् । किनकि अहिलेको सीमाङ्कन तराई केन्द्रित दललाइ पट्टक्कै चित्त बुझेको छैन । संविधान संशोधन त बाहना मात्र हो ।
उत्तर र दक्षिण मिलाएर राज्य बनाउँदा पूर्ण राज्य बन्थ्यो । तराइलाई बिजुली पहाडले दिन्छ भने पहाडलाई अन्न तराइले दिन्छ । सबै राज्य सम्पूर्ण रुपले भरिपूर्ण हुने थिए । हिमाल, पहाड र तराई मिलाएर राज्य बन्दा पर्यटकीय हिसाबले, जलश्रोतको हिसाबले खनिजका हिसाबले र आत्मनिर्भरताको हिसाबले बलियो राज्य हुन्छ । उत्तर र दक्षिणको छिमेकीसित सबै राज्यको पहुँच हुन्थ्यो । साना जातीय राज्य बनाउँदा साधन र श्रोतको अभावले कुनै राज्य बिकसित र बलियो हुन् सक्दैन । जनताले अझै दुःख पाउनेछन् । राजनीतिक नेताहरुले अनेक भ्रम छरेर जनतालाई अलमलमा पार्ने कोशिस गरे ।
जसरी भए पनि र जस्तो सम्झौता गरेर भए पनि संविधान जारी गरेर ओलीलार्इ प्रधानमन्त्री बन्नु थियो । बाबुरामलाइं संविधान बनाएर प्रचण्डलार्इ बिदा गरेर पार्टीको अध्यक्ष बन्नु थियो ।
सुशील कोइरालालार्इ जस लिएर बिदा हुनु थियो । रामबरणलार्इ जति ढिला भयो उति पदमा बस्ने आशा थियो ।
तराई केन्द्रित दललाई मौकामा ठूलो भाग खोज्ने दाउ थियो । प्रचण्डलार्इ १२ प्रान्त बनाउन नपाए पनि ७ ओटा बनाएर बाँकीपछि थप्दै जाने दाउ थियो । यिनै दाउका बीच आएको सीमाङ्कनको छेउटुप्पो केही मिलेको छैन ।
यो सीमाङ्कन नेपालीलाई मन परेको छैन । न कुनै गृहकार्य, न कुनै बैज्ञानिक आधार, न कुनै बिज्ञको सल्लाह, अनि कसरी हुन्छ सहि सीमाङ्कन ? ५ बिकास क्षेत्र राजा महेन्द्रले बानाएको भए पनि सहि कुरा मान्नै पर्छ ।
पंचायतले गरेको सहि काम नमान्ने हो भने राणाहरुले बनाएको सिंहदरबार किन प्रयोग गर्ने ? चीनले बनाइदिएको वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र किन प्रयोग गर्ने ? अरुले बनाएको राम्रो नलाग्नेले आफैले मन्त्रालयको भबन र संसद भवन बनाएर प्रयोग गर्न सक्ने हिक्मत र क्षमता राखनुपर्छ ।
बहुदलले नै गरेको भए पनि गलत मान्नु हुँदैन । पाँच बिकाश क्षेत्रभन्दा उत्तम कुनै अरु सीमाङ्कन हुनै सक्दैन । २०१७ सालमा महेन्द्रले कु गर्नुको पछाडि त्यो बेलाको शक्तिसाली पार्टी नेपाली कांग्रेसको यस्तै अकर्मन्यता नै दोषी थियो । सबैले महेन्द्रलार्इ मात्र दोष दिए । जाबो एउटा संविधान बनाउन आठ आठ वर्ष लफडा गरेर बस्ने पार्टीहरुले सहि प्रान्त बनाउन सक्षम छन् र बनाउछन भनेर सोच्नु पनि हुँदैन ।
यी भिजन र मिसन नभएका नेताले देश बनाउनु त धेरै टाडाको कुरा हो । मिलेर बसेका हामी नेपाली आज एकआपसमा लडाउँदैछन । मात्र आफ्नो स्वार्थका खातिर । हामी मार्न र मर्न तयार छौ आखिर किन ? राजा ज्ञानेन्द्रलार्इ गाली गर्ने यी पार्टीहरु जनताको नामको दुहाइ दिएर मनपरी गर्न पाउँछन् ?
तराई केन्द्रित दलले जस्तो धम्कीपूर्ण माग राखे पनि तरार्इका जनता कांग्रेस र एमालेका साथमा छन् । अनि नेपाली राष्ट्रियताका साथमा छन् । यो चुनाबमा जनमतले देखाएको तथ्य हो । आफूलाई स्वघोषित रुपले तरार्इको ठेकेदार झैँ व्याख्या गरेर अमिल्दो माग राख्ने तराई केन्द्रित दल अमिल्दो सीमांकनका लागि झनै जिम्मेबार छन् ।
यी कुरा इतिहासले मूल्यांकन गर्ने नै छ । त्यसैले राष्ट्रलाई सोँचेर दुरदर्शी र बैज्ञानिक सीमाङ्कन नगर्ने हो भने अझै समस्या बढ्ने छ । देशभरि आगो बल्लने छ अनि त्यो आगोले नेपाली जनतालाई भन्दा धेरै यिनै राजनीतिक पार्टीलार्इ नै पोल्ने छ । भर्खर मात्र राष्ट«पति विद्यादेवी भण्डारीले पनि ५ बिकाश क्षेत्रलाई ५ प्रान्त बनाउ भनिन् भन्ने कुरा बाहिर आएको छ ।
वीरेन्द्रको परिवार नाश हुनाले देशमा गणत्रन्त्र आयो अरु कसैले गर्दा होइन । यसलाई उपलब्धी मान्ने होइन । बरु जनताले साथ दिएकाले यसलाई संस्थागत गर्नुपर्छ ।
















प्रतिक्रिया