गुल्मी, २ भदौ । गुल्मीको अमर अर्बाथोक गाबिसको वाड नम्बर २ गौरिपोखरा र वाड नम्बर ३ रानाटोलामा बिगत एक महिनादेखि बाघको आतंक फैलिएको छ ।
केही दिनयता वडा नं. ३ नम्बरमा मात्रै २५ वटा बाख्रा एउटा गाई र १५ वटा कुखुरा खाएको छ । २ नम्बर वाड गौरिपोखरामा पनि २० भन्दा बढी बाख्रा र १० भन्दा बढी कुखुरा खाएको स्थानिय वासी बताउँछन् ।
बिगतका वर्षहरुमा रातिको समयमा खाने गरेको भए पनि अहिले यी सबै बाख्रा, गाई, कुखुरा दिउँसोको समयमै घर गोठमा प्रवेश गरी आक्रमण गरेको छ ।
दिउँसोको समयमा बाटोघाटो मै बाघ हिड्ने गरेकोले मानिस हिड्डुल गर्न विद्यार्थी बिद्यालयमा जान घाँस दाउरा गर्न निकै समस्या भएको स्थानीय रामकृष्ण कँडेलले बताए ।












प्रतिक्रिया