वाशिंगटन डिसी । उत्तर अमेरिकाको राष्ट्रिय स्तरको सबैभन्दा पुरानो संस्था दि एसोसिएशन अफ नेप्लिज इन अमेरिकाज (एएनए)को अध्यक्ष पदमा संस्थाका वरिष्ट उपाध्यक्ष शम्भु ढुंगानालाई कार्यकारी समितिले सर्बसम्मतले मनोनित गरेको छ ।
लामो समयदेखि संस्थामा आबद्ध ढुंगाना उक्त पदमा संस्थाका अध्यक्ष रोजर अधिकारीले गत अगस्त १४ तारिखमा कार्यकारी समितिलाई राजीनामा दिएपछि उनी अध्यक्ष पदमा मनोनीत भएका हुन् ।
डिसी महानगर क्षेत्रमा बसोबास गर्दै आएका र वर्तमान उपाध्यक्ष खगेन्द्र अधिकारीलाई कार्यकारी समितिले रिक्त रहेको वरिष्ठ उपाध्यक्ष पदमा सर्बसम्मतिबाट चयन गरेको छ ।
एएनए कार्यकारी समितिले बिधान अनुसार र क्यानाडालाई समेत प्रतिनिधित्व गर्ने अभिप्रायले क्यानाडाका क्रियाशील समाज सेवी मित्र काफ्लेलाई उपाध्यक्ष पदमा चयन गरिएको छ ।
एएनएद्वारा गत अगस्त १५ मा जारी गरिएको छापा बिज्ञप्ति अनुसार रोजर अधिकारी निवर्तमान अध्यक्षको साथै एएनएको बोर्ड अफ ट्रस्टी सदस्य भएका छन् ।
कार्यकारी समितिले बोर्ड श्याम सेढाई लाई कार्यकारी सदस्यमा चयन गरेको छ ।
निवर्तमान अध्यक्ष रोजर अधिकारीले आफ्नो कार्यकाल पूरा नगरी राजीनामा दिएका हुन् । अधिकारी भन्छन आफू पदको लागि भन्दा पनि संस्थालाई सहि मार्गमा ल्याउने आफ्नो लक्ष्य रहेकोले अब संस्थाको हितमा काम गर्ने बताए ।
नवनिर्वाचित ढुंगानाले अनुभव रहेकोले अब हामी सकारात्मक लक्ष्यतर्फ बढ्ने बताए ।
वरिष्ट उपाध्यक्ष उपाध्यक्ष खगेन्द्र अधिकारीले आफ्ना लागि ठूलो अवसर रहेको बताए ।
क्यानाडालाई पनि प्रतिनिधित्व गर्ने अवसर प्रदान गरेकोमा समितिलाई धन्यबाद दिदै नव निर्वाचित उपाध्यक्ष मित्र काफ्लेले आफ्ना लागि ठूलो अवसर भएकोले संस्थाको विकासको लागि कहिले पछि नहट्ने बताए ।
सन् १९८३ मा स्थापना भएको गैर मुनाफा सामाजिक संस्थाले उत्तर अमेरिकामा निकै महत्वाकांक्षी कामहरु गरी सकेको छ ।
अमेरिकाको नेपाली समुदायको इतिहासमा सम्भवत एएनएको पहलमा एएनएको गुरु योजना अन्तर्गत म्यारिल्याण्डमा सबैभन्दा पहिला सामुदायिक केन्द्र स्थापना गर्न सफल भएको सर्बबिदित छ ।
उक्त गुरु योजनालाई डिसी महानगर क्षेत्रका नेपाली समुदायको पहलमा सामुदायिक केन्द्र को साथै पशुपति बुद्ध मन्दिर पनि स्थापना गरेको छ ।
















प्रतिक्रिया