काठमाडौं, १ भदौ । प्रधान सेनापति राजेन्द्र क्षत्रीसँग नेपालको लागि युनाइटेड नेशनसका नवनियुक्त यूएन रेसिडेन्टल कोर्डिनेटर भालेरे जुलीण्डलेले जंगी अड्डामा शिष्टाचार भेटघाट गर्नु भएको छ ।
उक्त भेटघाटका क्रममा प्रधान सेनापति र यूएन रेसिडेन्टल कोर्डिनेटरबीच द्विपक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।













प्रतिक्रिया