१९ कार्तिक २०८३, बिहिबार

दिउँसै स्वास्थ्यचौकी बन्द गरेर घर हिड्छन् नवलपरासीका स्वास्थ्यकर्मी

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर
फाइल तस्वीर

– मोहन पौडेल

परासी १ भदौ । नवलपरासीको हकुई गाविस स्थीत स्वास्थ्य चौकि दिउँसै बन्द हुने गरेको पाईएको छ । दिउँसै स्वास्थ्य चौकि बन्द हुदाँ विरामीहरु पनि घटेको स्थानीयले बताएका छन् । सरकारले स्वास्थ्य चौकिहरुलाई कार्यालय समय अर्थात विहान दश बजे देखि साँझ पाँच बजे सम्म सन्चालन गर्नुपर्ने परिपत्र गरिसकेको छ ।

स्वास्थ्य मन्त्रालयले दिउँसो २ बजे सम्म ओपिडि सेवा, साँझँ पाँच बजे सम्म ईमरजेन्सी सेवा तथा दुई बजे पछि कार्यालयको रिर्पाेटीङ तथा अभिलेख राख्ने लगायतका काम गर्न साझ पाँच बजे सम्म नै स्वास्थ्य चौकि खोल्नुपर्ने परिपत्र गरेको छ । तर हकुई स्वास्थ्य चौकि भने दिउँसैँ बन्द गरेर कर्मचारीहरु जाने गरेको पाईएको हो ।

पत्रकारको टोली आज दिउँसो साढे २ बजे पुग्दा हकुई स्वास्थ्य चौकिको गेटमा ताला लगाईएको थियो । ७ जनाको दरवन्दि रहेको सो स्वास्थ्य चौकिमा अहिले ६ जना कार्यरत रहेको स्वास्थ्य चौकि व्यवस्थापन समितिका अध्यक्ष एवँ गाविस सचिव काशिराम ज्ञवालीले जानकारी दिनुभयो ।

तर आज सो स्वास्थ्य चौकिका ईन्चार्ज नियाज मोहम्मद परासी आएको, केहि विदामा बसेको तथा केहि कर्मचारी भने आफनो मेडिकलमा वसेको पाईएको हो ।सोहि स्वास्थ्य चौकिमा कार्यरत विश्वनाथ चौधरी आफनो मेडिकलमा भेटिनुभएको थियो। उहाँ कार्यालय भन्दा आफनै मेडिकलमा बढी बस्ने गरेको स्थानीयले बताएका छन । कार्यालयका सवै कर्मचारी बाहिर गएकाले आफुँले कार्यालय बन्द गरेर हिँडेको स्वास्थ्य चौकिका कार्यालय सहयोगी ईन्द्रकमल यादवले बताउनुभयो । सरकारले पाँच बजे सम्म कार्यालयमा वस्ने भनेपनि कर्मचारीहरु दिउँसै हिँड्ने गरेको कार्यालय सहयोगी यादवले जानकारी दिनुभयो ।

स्वास्थ्य चौकिमा आउने विरामी पनि अहिले फाट्फुट मात्र आउने गरेको उहाँको भनाई छ । पहिला दिनमा ३५-४० जना सम्म विरामी आउने गरेकोमा अहिले मुस्कीलले फाटफुट मात्र विरामी आउने गरेको उहाँले बताउनुभयो ।

दिउँसै स्वास्थ्य चौकि बन्द हुने भएकाले विरामीहरु त्यहाँ जानुको साटो परासी वा भैरहवा जाने गरेको स्थानीयले जनाएका छन । हकुई स्वास्थ्य चौकिमा हकुई सहित शुक्रौली गाविस तथा रुपन्देहि जिल्लाबाट समेत सेवाग्राही आउने गर्दछन । शुक्रौली गाविसको स्वास्थ्य चौकि अपाई रहेकाले शुक्रौलीका अधिकांश विरामी हकुई स्वास्थ्य चौकिमै जाने गरेका छन ।

तर सेवा चुस्त नभएपछि अहिले भने विरामीहरु सो स्वास्थ्य चौकिमा नजाने गरेको पाईएको छ । जिल्ला स्वास्थ्य कार्यालयले अनुगमन तथा निगरानी नगर्दा नवलपरासीका अधिकांश स्वास्थ्य चौकिहरुमा अनियमितता, मनपरी बढ्दै गएको स्थानीयवासीले बताएका छन् । नवलपरासीको उनवछ र स्वाँठी बाहेक सवै उपस्वाथ्य चौकि स्वास्थ्य चौकिमा स्तरोन्नति भएका छन ।